क्रेष्ट माइक्रो लाइफको आइपिओ एनआइएमबी एस क्यापिटलले निष्काशन गर्ने
- BFIS News
- 2024 Apr Tue 17:38
काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले आइपिओ निष्काशनका लागि धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा एनआइएमबी एस क्यापिटललाई नियुक्त गरेको छ ।
आज एक समारोहका विचमा क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रताप मान श्रेष्ठ तथा एनआएमबि एस क्याप्टिल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
कम्पनको प्रथम वार्षिक साधारण सभाले अधिकृत पूँजीको ३० प्रतिशत बराबरको शेयर पूँजी आइपिओ मार्फत सर्वसाधारणलाई बिक्री गर्ने निर्णय गरेको थियो । यस सँगै कम्पनीले सर्वसाधारणका लागि छुट्टाईएको साधारण शेयरको निष्काशनको प्रक्रियागत अगाडी बढेको छ ।
प्रतिक्रिया