NIMB Header 2
Nepal Life

नेपाल इन्स्योरेन्सले ४० प्रतिशत हकप्रद निष्काशन गर्ने, डाक्यो विशेष साधारणसभा

National Life
  • BFIS News
  • 2024 May 01 06:47
नेपाल इन्स्योरेन्सले ४० प्रतिशत हकप्रद निष्काशन गर्ने, डाक्यो विशेष साधारणसभा
Sanima Reliance

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले चुक्ता पूँजी एक अर्ब ६४ करोडको ४० प्रतिशतका दरले अर्थात १० कित्ता बराबर ४ कित्ताका दरले हकप्रद शेयर जारी गर्न लागेको हो ।

Shikhar
NIMB

हकप्रद शेयर निष्काशनको स्वीकृतिका लागि कम्पनीले आगामी जेठ ४ गते विशेष साधारणसभा आह्वान गरेको छ । नेपाल बीमा प्राधिकरणले कम्पनीलाई ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न अनुमति दिए सँगै कम्पनीले विशेष साधारणसभा आह्वान गरेको हो ।

हकप्रद शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ३० करोड पुग्नेछ । नेपाल बीमा प्राधिकरणले निर्धारण गरेको न्युनतम चुक्ता पूँजी साढे दुई अर्ब पुर्याउन थप बोनस शेयर दिनु पर्नेछ । हकप्रद शेयर निष्काशन पछि कम्पनीले बोनस शेयर दिएर उक्त पूँजी जुटाउन सक्नेछ ।

कम्पनीले नेपाल प्रज्ञा प्रतिष्ठानमा डाकेको विशेष साधारणसभामा बैशाख २७ गतेसम्म कायम शेयरधनीहरुले मात्रै भाग लिन पाउने छन् । कम्पनीलाई लामोसमय सम्म मर्जरका लागि दवाव दिएको नेपाल बीमा प्राधिकरण अन्तत असफल भएको थियो । क्रस होल्डिङलाई देखाउदै प्राधिकरणले धेरै पटक मर्जरका लागि प्रयास पनि गर्यो तर कम्पनीको स्थिर सम्पत्ती धेरै भएकाले अन्य कम्पनीहरु सँग स्वाप रेसियोमा कुरा मिल्न नसके पछि अन्नत हकप्रद शेयरकै बाटो रोज्नु परेको हो । यस अवधिमा कम्पनीले नेपाल पुनर्बीमा कम्पनीको शेयर र केहि जग्गा पनि बिक्री गर्यो ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार