मितेरी डेभलपमेन्ट बैंकको ३ लाख २५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
- BFIS News
- 2024 May 01 09:11
काठमाडौं। मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले ३ लाख २५ हजार कित्ता संस्थापक शेयर बिक्री खुलाएको छ। बैंकले संस्थापक शेयरधनीका साथै बैंकको संस्थापक हुन योग्य प्रचलित कानूनको अधिनमा रहि अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्ने जनाएको छ।
इच्छुक संस्थापक शेयरधनीहरुले सुनसरी धरानमा रहेको बैंकको केन्द्रीय कार्यालयमा वा शेयर रजिष्ट्रार प्रभु क्यापिटलको कार्यालय काठमाडौंमा आवेदन दिन सक्नेछन्। संस्थापक शेयरधनीले शेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।
तोकिएको समयभित्र संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई शेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)

















प्रतिक्रिया