Nepal Life

मितेरी डेभलपमेन्ट बैंकको ३ लाख २५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

NMB Bank
  • BFIS News
  • 2024 May 01 09:11
मितेरी डेभलपमेन्ट बैंकको ३ लाख २५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
National Life

काठमाडौं। मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले ३ लाख २५ हजार कित्ता संस्थापक शेयर बिक्री खुलाएको छ। बैंकले संस्थापक शेयरधनीका साथै बैंकको संस्थापक हुन योग्य प्रचलित कानूनको अधिनमा रहि अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्ने जनाएको छ।  

Shikhar
NIMB

इच्छुक संस्थापक शेयरधनीहरुले सुनसरी धरानमा रहेको बैंकको केन्द्रीय कार्यालयमा वा शेयर रजिष्ट्रार प्रभु क्यापिटलको कार्यालय काठमाडौंमा आवेदन दिन सक्नेछन्। संस्थापक शेयरधनीले शेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

तोकिएको समयभित्र संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई शेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ।  

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया