NIMB Header 2
Nepal Life

प्रभु इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारण सभा आज, लाभांश वितरणको प्रस्ताव पारित हुने

National Life
  • BFIS News
  • 2024 May 02 09:28
प्रभु इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारण सभा आज, लाभांश वितरणको प्रस्ताव पारित हुने
Sanima Reliance

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ। कम्पनीको २८ औँ वार्षिक साधारण सभा आज तीनकुने काठमाडौंमा रहेको प्रभु कम्प्लेक्समा आयोजना हुनेछ।

Shikhar
NIMB

सभामा सञ्चालक समितिद्वारा प्रस्तावित ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ।

सभामा बीमा प्राधिकरणले तोकेबमोजिम चुक्तापूँजी २ अर्ब ५० करोड पुर्‍याउन हकप्रद शेयर वा नियमानुसारको अन्य कुनै विकल्प भए सोही बमोजिम हुने गरी बीमा प्राधिकरणको स्वीकृतीपश्चात सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई पूर्णअख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ।

सञ्चालकमा समितिको संरचना परिवर्तन गरी एकजना महिला सञ्चालक र एकजना स्वतन्त्र सञ्चालकसहित अब जम्मा सातजनाको सञ्चालक समिति गठन गर्ने र सोहि बमोजिम नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि सभामा हुनेछ।

सभामा संस्थापक शेयरधनी समूह‘क’बाट दुईजना, समूह ‘ख’बाट एकजना (कर्मचारी सञ्चय कोषबाट मनोनित) र साधारण समूह ‘ग’बाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पद ३ को निर्वाचन गर्ने प्रस्ताव पारित हुनेछ।    

सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यसैगरी लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०७९/८० को वासलात, नाफा नोक्सान हिसाब, तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनुका साथै चालु आव २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ।  

वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले आगामी वैशाख ७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको थियो।

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार