NIMB Header 2
Nepal Life

आइएमई लाइफको बम्पर लाभांश घोषणा, शेयरधनीले २५ प्रतिशत बोनससहित ३४.५० प्रतिशत पाउने

National Life
  • BFIS News
  • 2024 May 02 10:28
आइएमई लाइफको बम्पर लाभांश घोषणा, शेयरधनीले २५ प्रतिशत बोनससहित ३४.५० प्रतिशत पाउने
Sanima Reliance

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले पहिलो पटकमै बम्बर लाभांश घोषणा गरेको छ । कम्पनीले प्रिमियममा जारी गरेको आइपिओ मार्फत आर्जन गरेको प्रिमियम रकम सहित सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई यस वर्ष हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।

Shikhar
NIMB

कम्पनीको बैशाख १९ गते बसेको सञ्चालक समितिको बैठकले २५ प्रतिशत बोनस शेयर र ९.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि आगामी वार्षिक साधारणसभामा पेश गर्नेछ । साधारणसभाले लाभांश पारित गरेपछि मात्रै शेयरधनीहरुले पाउने छन् । हाल कम्पनीको चुक्ता पूँजी ४ अर्ब रुपैयाँ रहेको छ । 

प्रस्तावित २५ प्रतिशत बोनस शेयर वितरण पछि नेपाल बीमा प्राधिकरणले निर्धारण गरेको न्युनतम चुक्ता पूँजी ५ अर्ब जुटाउने छ । यस वर्ष कम्पनीले सुरुवातिदिनदेखि लगानी गरेका शेयरधनीलाई केहि हदसम्म नगद लाभांश पनि दिने निर्णय गरेको छ । यो लाभांश प्रिमियममा शेयर खरिद गरेका तथा संस्थापक लगानी कर्ता दुबैले पाउने छन् । 

हाल दोस्रो बजारमा कम्पनीको शेयर मूल्य ५७३ रुपैयाँ रहेको छ । बम्बर लाभांश घोषणा सँगै कम्पनीको शेयर मूल्यमा सुधार हुने अपेक्षा गरिएको छ । कम्पनीले प्रिमियममा शेयर जारी गरेर हकप्रद विनानै शेयर पूँजी जुटाउन सफल भएको छ । यस सँगै कम्पनीको पूँजीकोष थप बलियो भएको छ । यसले बीमितहरुको पनि बोनसदरमा सघाउ पुर्याउने छ । कम्पनीको पूँजीकोष जति ठुलो भयो कम्पनीले आफ्नो जोखिम बहन क्षमता पनि त्यति नै मात्रामा बढाउन सक्ने भएकाले कम्पनी थप बलियो भएको छ ।  

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार