Nepal Life

शेयर बजार घट्दा पनि यसरी कमाउदै छन् लगानीकर्ता, ‘सूचक हैन स्क्रिप्टमा ध्यान’

Global Ime detail Page
  • गोविन्द राज जोशी
  • 2024 May Thu 16:07
शेयर बजार घट्दा पनि यसरी कमाउदै छन् लगानीकर्ता, ‘सूचक हैन स्क्रिप्टमा ध्यान’
Sanima Reliance

काठमाडौं । शेयर बजारमा घट्दा पनि लगानीकर्ताले राम्रो पैसा कमाइरहेका छन् भन्दा अचम्म लाग्न सक्छ । सूचक बढ्दा सबै कम्पनी बढ्ने अनि सूचक घट्दा सबै कम्पनीको शेयर मूल्य बढ्ने प्रवृत्तीबाट शेयर बजारमा फरक हिसावबाट कारोबार हुन थालेको छ ।

NIMB

शेयर बजार विगत २ वर्षदेखि १८ सयदेखि २२ सयको विचमा घुमिरहेको छ । जतिवेला नेप्से सूचक ३१९९ अंक थियो त्यतिवेलाको तुलनामा गर्ने बस्ने आम लगानीकर्ताहरुको पोर्टफेलियोमा खासै परिवर्तन देखिदैन तर पछिल्ला दिनमा स्मार्ट इन्भेष्टरहरुले सूचक भन्दा पनि सेक्टरलाई बढि ध्यान दिन थालेका छन् ।

अझ प्राविधिक विश्लेषण गरेर कारोबार गर्नेले त स्क्रिप्टलाई नै बढि ध्यान दिने गरेका छन् । यसले गर्दा सूचक कति बढ्यो अथवा बजार घट्यो बढ्यो भन्ने कुराले उनिहरुलाई खासै ठुलो प्रभाव पार्दैन । पछिल्ला दिनमा फाइनान्स र हाइड्रोपावरमा मात्रै केन्द्रित भएर लगानी गर्ने लगानीकर्ताले राम्रो पैसा कमाइरहेका छन् ।

एक वर्ष अगाडी सबै सूचक तल झर्दा होटल तथा पर्यटनमा कारोबार गर्नेले राम्रो पैसा कमाए तर अन्य उपसूचकमा कारोबार गर्नेहरु हेरेको हेरेइ भए । यस वर्ष जसले फाइनान्स माइक्रोफाइनान्समा केन्द्रित भएर लगानी गरे उनिहरु मालामाल भएका छन् ।

एक वर्षको अवधिमै २५५ रुपैयाँको नेपाल फाइनान्स ५९० रुपैयाँ पुग्यो । त्यस्तै फाइनान्स मध्ये सर्वाधिक महंगो पोखरा फाइनान्सको शेयर मूल्य एक वर्षमा ३२० रुपैयाँबाट ७९५ रुपैयाँ पुगेर हाल ७३४ रुपैयाँमा कारोबार भइरहेको छ । दिपेन्द्र अग्रवालले प्ले गरिरहेको गोर्खाज फाइनान्स एक वर्षको अवधिमा ४५४ रुपैयाँबाट ९४६ रुपैयाँसम्म पुग्यो । यसरी यस पटक फाइनान्समा कारोबार गर्नेले राम्रो पैसा बनाएका छन् ।

त्यस्तै केहि समयदेखि सबैभन्दा तल्लो विन्दुमा रहेको माइक्रोफाइनान्समा लगानीकर्ताको ध्यान गइरहेको छ । यसले गर्दा लगानीकर्ताले माइक्रो फाइनान्सको पुरानो चार्मिङलाई फिर्ता ल्याउने काम गरिरहेका छन् । फाइक्रोफाइनान्सको सूचक हेर्ने हो भने एक वर्षको अवधिमा ३२३७ बाट ४०९८ अंकसम्म पुग्यो । अहिले पनि ४०३१ अंक रहेको छ ।

यस सँगै लगानीकर्ताले भित्रि रुपमा कमाइरहेको सूचक हो हाइड्रोपावर । ‘लो क्याप’का हाइड्रोपावरमा लगानीकर्ताले राम्रो सँग खेलिरहेका छन् । जसको शेयर मूल्य अस्वभाविक रुपमा माथि गइरहेको छ । व्यापारको सूचकमा पनि स्थिर देखिन्छ । केहि समय अगाडी ह्वात्तै उकालो लागेको यो सूचकमा पछिल्लो समय स्थिर छ । पछिल्लो एक सातामा कसैले पैसा कमाएको छ भने त्यो विकास बैंकका शेयरधनीले कमाएका छन् । विकास बैंकमा मात्रै यस साता सबैभन्दा धेरै उछाल देखियो ।

बीमा, उत्पादन तथा प्रशोधनमुलक कम्पनीको सूचक स्थिर छ । जुन नेप्से सूचक सँग सँगै तलमाथि भइरहेको छ । अहिले पैसा नै नकामाउने सूचक भने बैंकिङ हो । बाणिज्य बैंक, लगानी, अन्य सूचकमा खासै चार्मिङ छैन ।

धेरै चुक्ता पूँजी भएका कम्पनीको शेयर मूल्यमा लगानीकर्ताको ध्यान देखिदैन । जुन जुन कम्पनीको चुक्ता पूँजी कम छ र ति कम्पनीमा खेलोफड्को गर्न सकिन्छ ति कम्पनीको शेयर समुह समुह मिलेर बढाउने घटाउने काम भइरहेको छ । अहिले एक तहका लगानीकर्ता जो सँग आफ्नै करोडौको पोर्टफेलियो छ उनिहरुले केहि संस्थागत लगानीकर्ताको व्याकअपमा कारोबार गर्दै आइरहेका छन् । अर्कोथरी लगानीकर्ता जो समुह समुह बनाएर मिलेर खरिद बिक्री गरिरहेका छन् । अर्को अर्को तेस्रो समुह जो अरुले यो कम्पनी किन्नुहोस् बढ्छ भनेको भरमा लगानी गरिरहेका छन् ।

अहिले पैसा बनाउनेमा ठुला लगानीकर्ता जसले एउटै कम्पनीको एकै पटकमा लाखौ कित्ता शेयर खरिद बिक्री गर्छ । जसले उनिहरुको चाल पत्ता लगाउन सक्छन् उनिहरुले राम्रो पैसा बनाइरहेका छन् । अर्कोथरी लगानीकर्ता जसले प्राविधिक विश्लेषण गरेर खरिद बिक्री गरिरहेका छन् उनिहरुले कमाइरहेका छन् । प्राविधिक विश्लेषकहरुले सूचक भन्दा पनि कम्पनी विश्लेषण गरेर मात्रै खरिद बिक्री गर्छन् ।

यदि यो समयमा शेयरमा कमाउने हो भने सूचक भन्दा पनि कम्पनी छान्नु पर्छ । तर कम्पनी छान्दा धेरै चनाखो भने हुनु पर्छ । वित्तीय विवरण एकदमै खराव अवस्थामा रहेका कम्पनीको शेयर मूल्यमा पनि उछाल देखिन्छ । यसले गर्दा यस्ता कम्पनीमा होल्ड गर्नु भन्दा पनि बिक्री गर्न जान्नु पर्छ । यस्तो प्रवृत्तीले सूचकमा भने खासै धेरै टेवा पुर्याउदैन । यस्ता लगानीकर्ताले नाफा बुक गर्ने उद्देश्यले अल्पकालिन लगानी गर्ने भएकाले कम्पनी शेयर मूल्यमा दिगोपना रहदैन ।

बाणिज्य बैंक तथा अधिक बजार पूँजीकरण भएका कम्पनीहरुको शेयर मूल्यमा भने सुधार हुन सकेको छैन । अलिकति बढ्ने वित्तीकै सप्लाइ आउने भएकाले यस्ता कम्पनीको शेयर मूल्य बढ्न नसकेको हो । आजका दिनमा विकास बैंकको चुक्ता पूँजी ५० करोडदेखि साढे ५ अर्ब हाराहारीका छन् । त्यस्तै फाइनान्सको चुक्ता पूँजी ८० करोडदेखि एक अर्ब २० करोड भन्दा माथि छैन ।

जुन कम्पनीमा सहजै कर्नरिङ गर्न सकिन्छ ति कम्पनीको शेयर मूल्यमा उछाल आएको छ भने अन्य कम्पनीमा सुधार देखिदैन । यि सबै तथ्यहरुलाई हेर्दा अहिले बजारमा लो क्यापकै कम्पनीमा लगानीकर्ताको बढि ध्यान गएको देखिन्छ । तर बजार सुधार हुन बाणिज्य बैंक तथा धेरै चुक्त पूँजी भएका कम्पनीको शेयर मूल्यमा सुधार आउनु पर्छ ।

किन बढ्न सकेन बाणिज्य बैंक र बीमा कम्पनी

कुनै समय बाणिज्य बैंक र बीमा कम्पनीको शेयरले नै शेयर बजारमा आकर्षण ल्याउथ्यो । जतिवेला बाणिज्य बैंक र बीमा कम्पनीको चुक्ता पूँजी एकदमै कम थियो । जव नेपाल राष्ट्र बैंक र बीमा प्राधिकरणले पूँजी बृद्धि योजना ल्याए त्यस पछि बैंक र बीमा कम्पनीको शेयर मूल्य कहिल्यै माथि उठ्न नसक्ने गरि भासिएको छ ।

अर्को तर्फ बैंक बीमा कम्पनीका संस्थापक लगानीकर्ताले दोस्रो बजारबाट पैसा कमाउन ७० प्रतिशत हाराहारीमा रहेको संस्थापक शेयरलाई कन्भर्जन गरेर ५१ प्रतिशतमा झारे यस सँगै दोस्रो बजारमा शेयर फ्लट बढ्यो । जसले सप्लाइ यति बढायो कि बजारले नै धान्न सक्ने अवस्था रहेन । ग्लोबल आइएमई बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको चुक्ता पूँजी ३३/३४ अर्ब पुगेको छ । अर्को तर्फ मर्जरपछि बाणिज्य बैंकको आकार धेरै ठुलो भएको छ । यसले गर्दा बजारमा अलिकति सुधार हुने वित्तीकै सप्लाइ बढिहाल्छ । स्ट्यार्डर्ड, एभरेष्ट र नविल बैंक बाहेक अरु सबैको शेयर मूल्य २०० सय हाराहारी छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया