सानिमा बैंकको मुनाफा २५ प्रतिशतले बढ्यो, लाभांश दिने क्षमता कति ?

  • BFIS News
  • 2023 Aug Fri 05:15
सानिमा बैंकको मुनाफा २५ प्रतिशतले बढ्यो, लाभांश दिने क्षमता कति ?

काठमाडौं । सानिमा बैंकको मुनाफा २५ प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष २०७९/८० मा बैंकले २ अर्ब ६१ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । यस भन्दा अघिल्लो आर्थिक वर्षमा २ अर्ब ९ करोड रुपैयाँ थियो ।

यस वर्ष वितरण योग्य मुनाफामा पनि ७७ प्रतिशतले सुधार भएको छ । बैंकले यस वर्षको मुनाफाबाट २ अर्ब २० करोड रुपैयाँसम्म लाभांश वितरण गर्न सक्ने छ । यस आधारमा कम्पनीले १७ प्रतिशतसम्म लाभांश दिन सक्नेछ ।  

खुद व्याज आम्दानीमा पनि ३९ प्रतिशलते सुधार भएको छ । कर्जा विस्तारमा खासै ठुलो सुधार नदेखिए पनि स्प्रेडदर बढाएर बैंकले मुनाफामा सुधार गरेको देखिन्छ । बैंकले खुद व्याज आम्दानी मात्रै ६ अर्ब ४८ करोड रुपैयाँ आर्जन छ ।

समिक्षा अवधिमा बैंकले ११.५१ प्रतिशतले निक्षेप बढाएको छ भने ६.५० प्रतिशतले कर्जा विस्तार गरेको छ । यस अवधिमा एक खर्ब ७५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ४५ अर्ब रुपैयाँ कर्जा विस्तार गरेको छ । जगेडा कोषमा ४ अर्ब ७० करोड जम्मा भएको छ । सर्वाधिक कम खराव कर्जा कायम गर्ने सानिमाको पनि यस वर्ष १.३ प्रतिशत पुगेको छ ।  

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया