नबिल बैंकको २६८ औं शाखा दैलेखको दुल्लुमा

  • BFIS News
  • 2024 May Fri 17:44
नबिल बैंकको २६८ औं शाखा दैलेखको दुल्लुमा

काठमाडौं । नबिल बैंकले दैलेखको दुल्लुमा शुक्रवार २६८ औं शाखाको उद्घाटन गरेको छ । दुल्लु नगरपालिकाका प्रमुख भरत प्रसाद रिजाल तथा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले आज औपचारिक रुपमा शाखा कार्यालयको उद्घाटन गरेका हुन् । 

 

शाखा कार्यालय उद्घाटन समारोहमा नगरपालिकाका उप प्रमुख विना कार्की तथा वडा अध्यक्ष, कलेज तथा अन्य निकायका प्रमुख, उद्यमी व्यवसायीहरुको उपस्थिति थियो । 

बाइसे चौविसे राज्यकालमा दुल्लू राज्यको राजधानीको रुपमा चर्चित दुल्लू खस राजा नागराजको शितकालिन राजधानी रहेको ऐतिहासिक मान्यता रहेको छ । नविल बैंकले पछिल्ला दिनमा दुर्गम क्षेत्रमा पनि आफ्नो सेवा विस्तारका क्रममा शाखा कार्यालय स्थापना गर्दै आइरहेको छ । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया