NIMB Header 2
Nepal Life

वार्षिकोत्सवको अवसरमा नेपाल लाइफको तुलसीपुर शाखाद्धारा भव्य कार्यक्रम सञ्चालन

National Life
  • BFIS News
  • 2024 May 03 18:06
वार्षिकोत्सवको अवसरमा नेपाल लाइफको तुलसीपुर शाखाद्धारा भव्य कार्यक्रम सञ्चालन
Sanima Reliance

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तुलसीपुर शाखाले २३ औं वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम आयोजना गरि सम्पन्न गरेको छ ।

Shikhar
NIMB

वार्षिकोत्सवको अवसरमा तुलसीपुर शाखाले तुलसीपुर -६ गाइडहरमा अवस्थित मानव सेवा आश्रममा करिब २३ हजार रुपैयाँ बराबरको खाद्यान्न तथा सरसफाइसम्बन्धी सामग्री वितरण गरेको छ ।

कम्पनीको पेशागत बीमा अभिकर्ता संघ बीमक समिती तुलसिपुर शाखा संगको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा आश्रममा रहेका करिब ५१ जना वृद्ध बृद्धाहरुलाई दहि पानी तथा जुस पनि खुवाइएको थियो ।

कम्पनीका तुलसीपुर शाखा कर्मचारी किशोर अर्यालले सञ्चालन गरेको उक्त कार्यक्रममा कार्यालयकी कर्मचारी श्रीमती मनिका भण्डारी खड्काले स्वागत मन्तव्य राखेकी थिइन । तुलसीपुर शाखा प्रमुख वसन्त प्रसाद पोख्रेल र  अभिकर्ता संघ बीमक समिती तुलसीपुरका अध्यक्ष गणेश कुमार आचार्य एवम केन्द्रिय सदस्य राम बहादुर ओलि तथा प्रदेश उपाध्यक्ष जितेन्द्र राज गौतमले संयुक्तरूपमा सामग्रीहरु हस्तान्तरण गरेको समितिका सचिब ज्ञानेन्द्र बिष्टले जानकारी दिएका थिए ।

उक्त कार्यक्रममा जीवन बीमा र यसको महत्त्वबारेमा शाखा प्रमुख वसन्त पोख्रेलले प्रस्ट पार्दै जीवन बीमा जीबनमा नभैनहुने सुरक्षा कवज भएको बताए ।

साथै कम्पनीको शाखा तुलसिपुरले सोही अवसरमा कम्पनीको Green- Horizons-Planting-Together -for- a Sustainable - Future  कार्यक्रम बमोजिम कार्यालयमा शाखा प्रमुख पोख्रेलले  गमलामै भयपनी २ वटा बिरुवाहरु रोपेका थिए ।

करिब ५० जना अभिकर्ताहरु उपस्तिथित रहेको उक्त कार्यक्रममा शाखा प्रमुख बसन्त पोख्रेलद्वारा विविध जानकारीमुलक प्रशिक्षणका साथै वार्षिकोत्सवको खुसियालिमा केक काटेर रमाइलो गर्दै एक आपसमा शुभकामना आदान प्रदान गरि भब्यताका साथ मनाइएको थियो । जीवन बीमा कम्पनीहरु मध्ये हरेक सूचकमा नम्बरवान अवस्थामा रहेको नेपाल लाइफले लाखौ बीमितको विश्वास जित्न सफल हुँदै आइरहेको छ ।

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार