सिद्धार्थ बैंकको मुनाफा ९.९१ प्रतिशतले बृद्धि, प्रतिशेयर आम्दानी २२ रुपैयाँ

  • BFIS News
  • 2023 Aug Fri 05:31
सिद्धार्थ बैंकको मुनाफा ९.९१ प्रतिशतले बृद्धि, प्रतिशेयर आम्दानी २२ रुपैयाँ

काठमाडौं । सिद्धार्थ बैंकले गत आर्थिक वर्ष २०७९/८० मा ९.९१ प्रतिशतले मुनाफा बढाउन सफल भएको छ । बैंकले असार मसान्तसम्ममा तीन अर्ब १९ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा बैंकले २ अर्ब ९० करोड रुपैयाँ मुनाफा आर्जन गरेको थियो । मुनाफाका आधारमा प्रतिशेयर आम्दानी २२ रुपैयाँ छ ।

मुनाफामा सुधार देखिए पनि वितरण योग्य मुनाफा भने धेरै नै कम छ । बैंकको वितरण योग्य मुनाफा ७९ करोड ५७ लाख रुपैयाँ मात्रै छ । जवकी बैंकको जगेडा कोष भने ३७ प्रतिशतले बढेको छ । चुक्ता पूँजी १४ अर्ब ८ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा भने १० अर्ब ५७ करोड रुपैयाँ जम्मा भइसकेको छ । यसले गर्दा मुनाफाबाट लाभांश वितरण गर्न नसके पनि जगेडा कोषबाट लाभांश दिन सक्ने क्षमता अधिक छ ।

समिक्षा अवधिमा बैंकले १६.७६ प्रतिशतले निक्षेप बढाउदा जम्मा ३.०६ प्रतिशतले कर्जा विस्तार गरेको छ । यसरी कर्जा र निक्षेपको सन्तुलन नमिल्दा पनि बैंकले स्प्रेडदर बढाएर मुनाफा बढाएको देखिन्छ । खुद व्याज आम्दानी २३ प्रतिशतले बढाएर ८ अर्ब १७ करोड रुपैयाँ आर्जन गरेको छ ।  खराव कर्जा १.०७ प्रतिशतबाट २.०१ प्रतिशत पुगेको छ । स्प्रेडदर ४.३७ प्रतिशतबाट ३.९९ प्रतिशतमा झारेको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया