Nepal Life

प्रभु महालक्ष्मीको बिलम्ब शुल्कमा ७५ प्रतिशत छुट, व्यतित बीमालेख नविकरण गर्ने अवसर

Global Ime detail Page
  • BFIS News
  • 2024 May Sun 06:11
प्रभु महालक्ष्मीको बिलम्ब शुल्कमा ७५ प्रतिशत छुट, व्यतित बीमालेख नविकरण गर्ने अवसर
Sanima Reliance

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित वीमालेखको नविकरणमा लाग्ने बिलम्ब शुल्कमा ७५ प्रतिशत छुट दिने भएको छ ।

NIMB

कम्पनीले नविकरण बीमाशुल्क भुक्तानी गर्नुपर्ने बीमालेखहरु मोहलत अवधि नाघी व्यतित भई पुनर्जागरणको लागि तोकिएको प्रक्रिया पुरा गर्नेलाई यस्तो सुविधा दिने भएको हो । कम्पनीले यस्तो सुविधा यहि बैशाख २३ गतेदेखि ३१ गतेसम्म मात्रै दिने छ ।

यस योजनामा समावेश भई पुनर्जागरण भएका बीमालेखहरु पुनर्जागरण भएको २ वर्ष भित्र समर्पण गर्न आएमा प्रदान  गरेको बिलम्ब शुल्क छुटको सम्पुर्ण रकम कट्टा गरिने कम्पनीले जनाएको छ ।

त्यस्तै यस भन्दा पहिले बिलम्ब छुट सुविधा प्राप्त भइसकेका बीमालेखलाई यस योजनामा समावेश नगरिने कम्पनीले जनाएको छ । यस छुट योजनामा सहभागी भइ छुट प्राप्त गर्ने बीमितहरुलाई पुरा बीमा अवधिभर पुनः व्याज छुट प्रदान नगरिने कम्पनीले जानकारी दिएको छ ।

प्रभु महालक्ष्मी लाइफले प्रथम बीमा शुल्कका साथै नविकरण बीमा शुल्कमा पनि उत्तीकै ध्यान दिदै आएको छ । नेपाल बीमा प्राधिकरणको नियम र निर्देशन अनुरुप व्यतित बीमालेखको अनुपात घटाउन विभिन्न योजनाहरु सार्वजन गर्दै आइरहेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया