Nepal Life

बीमा प्राधिकरणको निर्देशन पछि आइएमई लाइफको नगद लाभांश संशोधन, बोनस शेयर यथावत

Global Ime detail Page
  • BFIS News
  • 2024 May Sun 10:41
बीमा प्राधिकरणको निर्देशन पछि आइएमई लाइफको नगद लाभांश संशोधन, बोनस शेयर यथावत
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणको निर्देशन पछि आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले नगद लाभांश संशोधन गरेको छ । प्राधिकरणले नगद लाभांश कर प्रयोजन बाहेक वितरण नगर्न निर्देशन दिए पछि कम्पनीले २५ प्रतिशत बोनस शेयरलाई यथावत राख्दै घोषित नगद लाभांशको रकम जगेडा कोषमै सुरक्षित राख्ने निर्णय गरेको हो । 

NIMB

लाभांश संशोधन पछि इन्स्योरेन्सले चुक्ता पूँजीको कुल २६.१३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। यस अगाडी कम्पनीले २५ प्रतिशत बोनस शेयर र करसहित ९.५० प्रतिशत नगद गरी कुल ३४.५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

प्रस्तावित लाभांशलाई नेपाल बीमा प्राधिकरणले अन्तिम स्वीकृति दिए पछि आगामी वार्षिक साधारणसभामा पेश गर्नेछ । साधारणसभाले लाभांश पारित गरेपछि मात्रै शेयरधनीले पाउने छन् । 

हाल कम्पनीको चुक्ता पूँजी ४ अर्ब रुपैयाँ रहेको छ । प्रस्तावित लाभांश वितरण पछि चुक्ता पूँजी ५ अर्ब पुग्नेछ । बीमा प्राधिकरणले कम्पनीहरुलाई पूँजीकोष बलियो बनाउन नगद लाभांशमा कडाइ गर्दै आइरहेको छ । प्रिमियममा आइपिओ निष्काशन गरेको आइएमई लाइफले हकप्रद शेयर निष्काशन नगरि पूँजी जुटाउन सफल भएको छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया