Nepal Life

हिमालयन रिको बोनस सेयर सूचीकृत, हकप्रदको फण्डाले बढेन शेयर मू्ल्य

Global Ime detail Page
  • BFIS News
  • 2024 May Sun 17:05
हिमालयन रिको बोनस सेयर सूचीकृत, हकप्रदको फण्डाले बढेन शेयर मू्ल्य
Sanima Reliance

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षमा वितरण गरेको बोनस सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएको छ ।

NIMB

कम्पनीले गत फागुन २० गते सम्पन्न साधारण सभाबाट चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

साधारण सभाको निर्णय अनुसार १० अर्ब चुक्ता पुँजीको ४ प्रतिशतले हुने ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता सेयर आइतबार नेप्सेमा सूचीकृत भएको हो । बोनस वितरण पश्चात कम्पनीको चुक्ता पुँजी १० अर्ब ४० करोड रुपैयाँ कायम भएको छ ।

बीमा प्राधिकरणले तोकेको न्युनतम चुक्ता पुँजी २० अर्ब कायम गर्न उल्लेखित पुँजीको ८० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव साधारण सभाले अनुमोदन गरिसकेको छ । प्रस्तावित हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पुँजी १८ अर्ब ७२ करोड रुपैयाँ कायम हुनेछ । २० अर्बमा अपुग रकम कम्पनीले चालु आर्थिक वर्षमा बोनस वितरण गरेर पुर्याउनुपर्ने हुन्छ । 

कम्पनीले प्रमियममा आइपिओ निष्काशन गरेको विषयमा अदालतमा मुद्दा दायर भएकाले कम्पनीले लाभांश वितरण गर्न सक्ने अवस्था छैन । यदि कम्पनीको विपक्षमा मुद्दा फैसला भएन भने कम्पनीले हकप्रद निष्काशन पछि सहजै बोनस शेयर दिएर पूँजी जुटाउन सक्नेछ । कम्पनीले हकप्रद शेयर निष्काशनको फण्डा सार्वजनिक गर्दा पनि कम्पनीको शेयर मूल्यमा भने खासै सुधार हुन सकेको छैन । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया