Nepal Life

लगातार बढिरहेको बजार एक्कासी ठुलो अंकले घट्दा ब्रोकरदेखि लगानीकर्ता भए अचम्बित, यस्तो छ प्रतिक्रिया

Global Ime detail Page
  • BFIS News
  • 2024 May Sun 22:03
लगातार बढिरहेको बजार एक्कासी ठुलो अंकले घट्दा ब्रोकरदेखि लगानीकर्ता भए अचम्बित, यस्तो छ प्रतिक्रिया
Sanima Reliance

काठमाडौं । साताको पहिलो दिनमै नेप्से सूचक २४.५८ अंकले घट्दा बजार घट्दा ब्रोकरदेखि लिएर ठुला लगानीकर्ता नै चकित देखिए । आज बजार किन घट्यो भन्दा ‘कसैसँग पनि जवाफ थिएन ।’ ब्रोकर तथा साना ठुला लगानीकर्ताहरु नै बजार किन घट्यो भन्दै एक अर्कालाई सोधिरहेका थिए ।

NIMB

यस क्रममा सबैको आ-आफ्नै प्रतिक्रिया थियो । एक ब्रोकरले भने ‘बजार घट्नु पर्ने कुनै कारण थिएन । तर बजारमा थोरै मात्रै गिरावट देखिने वित्तीकै हिजोका दिनमा फाइनान्स र विकास बैंकमा राम्रो पैसा कमाएकाहरुले बिक्री गर्दा सेलिङ प्रेसर बढ्यो ।’ पछिल्लो एक महिनामा फाइनान्स, विकास बैंक र माइक्रोफाइनान्सका शेयरधनीले राम्रो पैसा कमाए । कतिपय लगानीकर्ताले निश्चित कम्पनीबाटै करोडौ कमाउन भ्याए ।

आइतबार फाइनान्स र विकास बैंकमा सेलिङ प्रेसर आयो भन्दै गर्दा समग्रमा अन्य उपसूचकमा पनि राम्रै गिरावट आउनुले भित्रि सूचनाले काम गरेको हुन सक्ने अर्का एक ब्रोकरको विश्लेषण छ । नेपाल राष्ट्र बैंकले तेस्रो त्रैमाशिक अवधिको मौद्रिक समिक्षाको तयार गर्दै छ । त्रैमाशिक मौद्रिक समिक्षाले पनि लगानीकर्ताको माग सुनुवाइ नगर्ने आभाव पाएकाले पनि बिक्री गरेर बसेको हुन सक्ने अर्काथरी लगानीकर्ताको विश्लेषण छ ।

अहिले जुनसुकै सेक्टरका कम्पनीको शेयर मूल्य माथि गयो भन्दा पनि जस्टिफाइ गर्न सक्ने अवस्था छ । अझ आकर्षक लाभांश घोषणा गरिरहेका बीमा कम्पनीकै शेयर मूल्यमा सुधार देखिदैन । २५ प्रतिशत बोनस शेयर घोषणा गरेको आइएमई लाइफकै शेयर मूल्य ५ सय हाराहारी हुनुले कम्पनीको धेरै माथि छैन भन्ने प्रष्ट हुन्छ । बजारले अपेक्षा गरेको भन्दा धेरै प्रतिफल दिएका कम्पनीहरुको शेयर मूल्यमा समेत बजारले रियाक्ट नदेखाउदा बजार किन घट्यो भनेर भन्न सक्ने अवस्था नरहेको एक ब्रोकरले बताए ।  

हकप्रद तथा आकर्षक लाभांश दिएका कम्पनीकै शेयर मूल्यमा सुधार नदेखिनुले बजार बढ्यो अथवा लगानीकर्ताले कमाए भन्न नसकिने अर्का एक ब्रोकरको तर्क छ । उनले भने ‘केहि फाइनान्स तथा विकास बैंकका शेयरधनीले कमाए भन्दैमा समग्र शेयर बजारका लगानीकर्ताले राम्रो कमाए भन्न सक्ने अवस्था छैन ।’

शेयर बजार सम्बन्धी विभिन्न माग राखेर आन्दोलन गरिरहेका लगानीकर्ताहरुलाई अर्थमन्त्री वर्षमान पुनका पिएले लगानीसम्मेलनको समयमा यस्तो आन्दोलन नगरिदिन अनुरोध गरेपछि उनिहरुले आन्दोलन रोकेका थिए । अर्थमन्त्रीले आन्दोलनरत लगानीकर्ताको माग सुनुवाइ गर्ने प्रतिवद्धता जनाए पनि व्यवहारमा केहि पनि नगरेकाले पनि बजार घटेको लगानीकर्ताको विश्लेषण छ ।

सरकारले पूँजी बजारलाई उपेक्षा गरेकाले बजार स्थिर हुन नसकेको नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलको भनाइ छ । जवसम्म लगानीकर्ताको माग सुनुवाइ हुँदैन तवसम्म बजारमा सुधार नआउने उनको तर्क छ ।

भित्र भित्रै राजनीतिक समिकरणका विषयमा पनि फेर बदल हुने अथवा सरकार परिवर्तन हुने हल्लाले पनि शेयर बजार प्रभावित भएको हुन सक्ने शेयर लगानीकर्ता संघका कार्यवाहक अध्यक्ष तारा फुलेलको तर्क छ । सरकारमा थोरै मात्रै फेरबदल हुने संकेतले पनि गभर्नर महाप्रसाद अधिकारीले आफ्नो भुमिका देखाउने भएकाले पनि शेयर बजारमा ठुलो असर पार्ने अवस्था रहेको उनको भनाइ छ । अहिलेको सरकारमा एमाले सामेल भए पनि समिकरण प्रति एमाले आफै सन्तुष्ट नभएका कारण गभर्नर अधिकारीले समेत सरकारलाई खुलेर सहयोग गर्न नचाहेको फुलेलको आरोप छ । यसले गर्दा गभर्नर अधिकारीले आगामी दिनमा शेयर बजार मैत्री नीति ल्याउनेमा कुनै सम्भावना नरहेको लगानीकर्ताको विश्लेषण छ ।

छोटो समयमा केहि लगानीकर्ताले तल्लो मूल्यमा शेयर खरिद गरेर राम्रो पैसा बनाएको देखे पछि केहि ब्रोकर तथा ठूला लगानीकर्ताहरुले नै बजार घटाइरहेको नेपाल शेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेको विश्लेषण छ । उनले भने ‘अव बजार बढ्छ भन्ने पक्का भए पछि ठुला लगानीकर्ताले बजार प्रवेश गर्नका लागि पहिला शेयर बजार घटाएर भित्रिन खोजेको जस्तो देखिन्छ । यसलाई कारोबार रकमले पनि प्रमाणित गर्छ ।’ उनले थपे, बजार घट्दा पनि राम्रो कारोबार हुनुले बजार घटाउदै सस्तोमा उठाउने रणनीतिलाई प्रष्ट सँग बुझ्न सकिन्छ ।  

अहिले शेयर बजारलाई सपोर्ट गर्ने सबै पक्ष सकारात्मक छन् । बैंक व्याजदर तल्लो तहमा छ । साथ साथै बैंकमा तरलता प्रयाप्त छ । बैंकहरुले कर्जाका लागि शेयरधनीहरुलाई आह्वान गरिरहेका छन् । अर्थतन्त्रका सूचकहरुमा क्रमिक रुपमा सुधार हुँदै आइरहेको छ । अहिलेको चरम आर्थिक मन्दीको अवस्थालाई बजारले रियाक्ट गरिसकेको हुँदा अव बजारले सुधारिको अर्थतन्त्रलाई रियाक्ट गर्न सुरु गर्ने छ ।

जवसम्म नियाम निकाय तथा सरकारले बजारमैत्री केहि नीतिका लागि केहि पहल कदमी नलिएसम्म बजारले गति पक्रिन नसक्ने विश्लेषकहरु बताउछन् । सरकारले ब्रोकर कमिशन घटाउने निर्णय गरेको दिन शेयर बजारमा उल्टै गिरावट देखियो । सरकारको यस कदमलाई विरोध जनाउन पनि ब्रोकरले मिलिभगतमा बजार घटाएको हुन सक्ने केहि लगानीकर्ताको आरोप छ । तर यस कुरालाई ब्रोकर आफैले भने होइन भनेर खण्डन गरेका छन् । अहिले घटाउने भनिएको ब्रोकर कमिशन एकदमै न्युन अनुपातमा रहेको हुँदा यसले खासै ठुलो असर नपुर्याउने उनिहरुको भनाइ छ ।

गएको साता केहि लगानीकर्ताका संघ संघठनले तय गरेको आन्दोलनले लय पक्रिसकेको थियो । तर अर्थमन्त्रीले दिएको केहि आश्वासनलाई आधार मानेर उनिहरुले आन्दोलन फिर्ता लिए । तर अर्थमन्त्रीले अहिलेसम्म पनि कुनै संबोधन गर्ने तथा भेटेरै कुरा समेत गर्न सकिरहेका छैनन् । यसले पनि बजारमा असर पुर्याएको हुन सक्ने विश्लेषकहरु बताउछन् ।   

फाइनान्सको शेयर मूल्यलाई लिएर दिपेन्द्र अग्रवालदेखि लिएर केहि लगानीकर्ताहरु खुलेआम हल्ला गर्दै हिडिरहेका छन् । अग्रवालकै लहै लहैमा लागेर केहि लगानीकर्ताले राम्रै पैसा पनि बनाए । यसलाई लिएर केहि लगानीकर्ताले अग्रवाललाई गलत सावित गर्न पनि बजार घटाउन खोजिरहेका छन । थोरै क्याप भएका कम्पनीको शेयर मूल्य बढाउन घटाउन सहज भए पनि यसले समग्र शेयर बजारको गिरावटलाई खासै जस्टीफाइ गर्दैन । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया