नेपाल राष्ट्र बैंकले गर्यो तीन हजार ६७ वित्तीय ग्राहकको गुनासो समाधान, विद्युतीय भुक्तानीमा सर्वाधिक समस्या

  • BFIS News
  • 2024 May Tue 05:50
नेपाल राष्ट्र बैंकले गर्यो तीन हजार ६७ वित्तीय ग्राहकको गुनासो समाधान,  विद्युतीय भुक्तानीमा सर्वाधिक समस्या

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय ग्राहकबाट प्राप्त ३ हजार ७६ वटा गुनासो समाधान गरेको छ । बैंकले गत वर्ष २०८० बैशाखदेखि चैतसम्ममा अनलाइन पोर्टल, टेलिफोन, इमेल, हेलो सरकारका साथै लिखित निवेदन र कार्यालयमै आएर दर्ता गराएका निवेदनका आधारमा उक्त गुनासो सुनुवाइ गरेको हो ।

गत वर्ष धेरै जसो गुनासो कर्जा. कर्जाको व्याजदर, कालोसूची र विद्युतीय भुक्तानी सम्बन्धमा प्राप्त भएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको वित्तीय ग्राहक संरक्षण इकाइले अनलाइन पोर्टल मार्फत यस्ता गुनासोहरु संबोधन गरिरहेको छ । यस इकाइले वित्तीय ग्राहकहरुका विभिन्न समस्या, प्रश्न, जिज्ञासा, सुझाव आदि प्राप्त गर्नुका साथै सोही बमोजिम समाधान र कार्यान्वयनको लागि पहल गर्दछ ।

बैंक तथा वित्तीय संस्थाको कामकारबाही सम्बन्धी कुनै गुनासो भए संस्थागत माध्यमबाट समाधानको लागि समयमै पहल गर्न राष्ट्र बैंकले आह्वान गरेको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया