NIMB Header 2
Nepal Life

रिलायबल लाइफ इन्स्योरेन्सको खुद नाफामा वृद्धि, प्रतिशेयर आम्दानी भने घट्यो

National Life
  • BFIS News
  • 2024 May 07 10:06
रिलायबल लाइफ इन्स्योरेन्सको खुद नाफामा वृद्धि, प्रतिशेयर आम्दानी भने घट्यो
Sanima Reliance

काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्सको खुद नाफा बढेको छ। कम्पनीले प्रकाशित गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार गत आवको सोही अवधिको तुलनामा १९.०९ प्रतिशतले नाफा बढेको हो।

Shikhar
NIMB

समीक्षा अवधिमा कम्पनीले ३४ करोड २ लाख रुपैयाँ नाफा कमाएको छ। गत आवको सोही अवधिमा कम्पनीले २८ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको थियो। त्यसैगरी चालू आवको चैत मसान्तसम्म कुल आम्दानीअन्तर्गत कम्पनीले ३ अर्ब ७४ करोड ७२ लाख रुपैयाँ आर्जन गरेको छ । गत आवको तुलनामा यो १३.९७ प्रतिशतले बढी हो । गत आवमा यस्तो आम्दानी ३ अर्ब ३० करोड ७७ लाख रुपैयाँ थियो ।

चालु आवको समीक्षा अवधिमा कम्पनीले २ अर्ब ७३ करोड ५७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जुन गत आवको तुलनामा ३.४२ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन २ अर्ब ६४ करोड ५३ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा २ अर्ब ९८ करोड २६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले २ अर्ब ७४ करोड १३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी भने घटेको छ । गत आवमा प्रतिशेयर आम्दानी १३.६१ रुपैयाँ रहेकोमा चालू आवमा घटेर ९.७८ रुपैयाँमा सीमित भएको छ ।

चुक्ता पूँजी ४ अर्ब ६४ करोड रुपैयाँ रहेको कम्पनीले तेस्रो त्रैमाससम्म रिटेन्ड अर्निङमा ६६ करोड ४६ लाख रुपैयाँ, शेयर प्रिमियममा १ अर्ब ७५ करोड र महाविपत्ति कोषमा १५ करोड ४६ लाख रुपैयाँ सञ्चित गरेको छ। समीक्षा अवधिसम्म कम्पनीको मूल्य आम्दानी अनुपात ४४.४४ गुणा, प्रतिशेयर नेटवर्थ १५५.७४ रुपैयाँ रहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार