Nepal Life

माउन्टेन इनर्जीले प्राधिकरण विरुद्दको मुद्दा जिते सँगै  २६ करोड भन्दा धेरै रकम पाउने

Global Ime detail Page
  • BFIS News
  • 2024 May Tue 11:45
माउन्टेन इनर्जीले प्राधिकरण विरुद्दको मुद्दा जिते सँगै  २६ करोड भन्दा धेरै रकम पाउने
Sanima Reliance

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले माउन्टेन इनर्जी नेपाल विरुद्द उच्च अदालत पाटनमा हालेको मुद्दा माउन्टेन इनर्जीले जितेको छ। मध्यस्थकर्ताले माउन्टेन इनर्जीको पक्षमा गरेको निर्णय बदर गरी पाउँ भन्दै विद्युत प्राधिकरणले २०८० मङ्सिर २० गते उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो।

NIMB

आइतबार उच्च अदालतका  न्यायधीशद्वय  लेखनाथ पौडेल र कृष्णराम कोइरालाको संयुक्त इजलाशले विद्युत प्राधिकरणको दाबी नपुग्ने भन्दै प्राधिकरणको रिट खारेज गरेको हो। यस संगै यो मुद्दा माउन्टेन इनर्जीले जितेको छ ।

मुद्दा जिते संगै कम्पनीले नेपाल विद्युत प्राधिकरणबाट करिब आयोजनाको COD भए देखि मध्येस्थता  परिशदमा मुद्दा पेश हुँदा सम्मको रु. २६ करोड ४१ लाख र सो पश्चात हाल सम्म कट्टा गर्दै आएको रकम  र त्यसमा लाग्ने ब्याज रकम  समेत पाउने बाटो खुलेको कम्पनीले जनाएको छ ।

के थियो विवाद ?

प्राधिकरण र कम्पनीबीच पहिलो विवाद विद्युत खरिद बिक्री सम्झौता (पिपिए) मा रहेको विद्युत खरिद बिक्री दरको विषयमा थियो । कम्पनी र प्राधिकरणबीच २०६७ माग २० गते पिपिए भएको थियो, जुन २०७३ वैशाख १५ गते संशोधन भएको थियो । पिपिए अनुसार कम्पनीले २०७६ भदौ १५ गतेबाट मिस्ट्रीखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन गरिसक्नु पर्ने थियो । तर प्राधिकरणले समय मै प्रसारण लाइन र सबस्टेसन निर्माण गर्न नसकेकोले तोकिएको समयमा विद्युत उत्पादन हुन सकेन । त्यसपछि व्यापारिक   उत्पादन  सुरु गरेको मिति २०७८ असार ३ गते कायम गरिएको थियो । कम्पनीले हाल चौथो वर्षको विद्युत खरिद बिक्री दर अनुसारको रकम विद्युत प्राधिकरणबाट माग गरिरहेको थियो । तर प्राधिकरणले भने पहिलो वर्षको पिपिए दरले मात्र पैसा भुक्तानी गर्दै आएको छ ।

साथै प्राधिकरण र कम्पनीबीच भएको दोस्रो विवाद विद्युत खरिद बिक्री सम्झौता (PPA) धारा ३८.१८ अनुसार नेपाल विद्युत प्राधिकरण द्वारा संचालित तातो पानी साना जलविद्युत आयोजना (२ मे.वा) मा यस आयोजनाको कारणले विद्युत उत्पादनमा भएको  ह्रास वरावरको रकम मात्र कट्टा गर्नु पर्नेमा जडित क्षमता वरावरकै रकम काट्टा गर्दै आएको छ । 

चौथो वर्षको पिपिए दर अनुसार पैसा पाउनु पर्ने तथा तातो पानी साना जलविद्युत केन्द्रको वास्तविक ह्रास अनुसार कट्टा गर्नु पर्ने भन्दै कम्पनीले मध्यस्थकर्ता समक्ष मुद्दा हालेको थियो । मध्यस्थकर्ताले सर्वसम्मत रुपमा कम्पनी कै पक्षमा फैसला गरेको थियो । सो विरुद्द प्राधिकरणले मध्यस्थकर्ताको निर्णय बदर गर्न माग गर्दै उच्च अदालत पाटनमा रिट हालेको थियो । सोहि रिटमा दाबी नपुग्ने फैसला भएपछि कम्पनीले मुद्दा जितेको हो ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया