Nepal Life

नेपाल बीमा प्राधिकरणले किन रोक्यो सिटिजन लाइफको लाभांश ? यस्तो छ कारण

Global Ime detail Page
  • BFIS News
  • 2024 May Tue 12:27
नेपाल बीमा प्राधिकरणले किन रोक्यो सिटिजन लाइफको लाभांश ? यस्तो छ कारण
Sanima Reliance

काठमाडौं । सिटिजन लाइफले हतारिएर लाभांश घोषणा गर्दा समस्यामा परेको छ । कम्पनीको बैशाख २१ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको २६.९८ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव सहितको निर्णय गर्यो । यो सूचना बैशाख २३ गते सार्वजनिक हुने वित्तीकै नेपाल बीमा प्राधिकरणले कम्पनीलाई तत्कालन रोक्न निर्देशन दियो । प्राधिकरणको निर्देशन पछि कम्पनीले आज सूचना जारी गर्दै लाभांश रद्द भएको जानकारी दियो । 

NIMB

कम्पनीले आइपिओ निष्काशन गर्दा आर्जन भएको प्रिमियम रकमबाट अन्तरिम रुपमा लाभांश बाँड्न खोजे पछि प्राधिकरणले रोक लगाइएको जानकारी दिएको छ । 

कम्पनीले नेपाल बीमा प्राधिकरण सँग प्रयाप्त छलफल नगरि लाभांश घोषणा गर्दा नेपाल स्टक एक्सचेन्जदेखि लिएर नेपाल धितोपत्र बोर्डलाई समेत स्पष्टिकरण पेश गर्नु पर्ने भएको छ । नेप्सेले आज कम्पनीको शेयर कारोबारमा रोक लगाएको छ । नेप्सेले कारोबारमा रोक लगाए पनि नेपाल बीमा प्राधिकरणका कारण रद्द गर्नु परेको स्पष्टिकरण दिनेछ तर धितोपत्र बोर्डले कारबाहीको लागि सिफारिस गर्यो भने कारोबाहीको भागिदार भने हुनु पर्नेछ ।

नेप्सेले पनि लाभांश घोषणा पछिको कारोबार रद्द गर्न सक्नेछ । दोस्रो बजार एकदमै संवेदनशिल मानिन्छ । साना साना सूचनाले लगानीकर्तालाई असर पार्ने भएकाले सूचनाको विषयमा नेपाल धितोपत्र बोर्ड र नेप्सेले विशेष रुपमा हेरिरहेका हुन्छन् । 

कम्पनीले गत आर्थिक वर्ष अर्थात २०८० साउन २२ गते प्राथमिक शेयर ‘आइपिओ’ बाँडफाँड गरेको थियो । यसरी आर्थिक वर्ष २०८०/८१ मा आइपिओ मार्फत आर्जन भएको रकमलाई यस भन्दा अगाडीको आर्थिक वर्ष २०७९०/८० मै अन्तरिम रुपमै लाभांश वितरण गर्न नपाउने बीमा प्राधिकरणको भनाइ छ । प्राधिकरणका अनुसार जुन आर्थिक वर्षमा आम्दानी भएको हो सोही आर्थिक वर्षमा मात्रै लाभांश वितरण गरन् पाइन्छ । तर सिटिजन लाइफले विश्वका कतिपय देशमा भएका अन्तरिम बोनस वितरण गर्न पाउने अभ्यासलाई आधार मानेर घोषणा गर्दा यो समस्या भोग्नु परेको हो । 

सिटिजन लाइफले २०८० असारमा १४४ रुपैयाँ प्रिमियम सहित २४४ रुपैयाँको दरले आइपिओ निष्काशन गरेको थियो । यसरी प्रिमियमबाटै कम्पनीले जगेडा कोषमा एक अर्ब ६२ करोड रुपैयाँ जम्मा गर्न सफल भएको थियो । यस रकमबाट पनि कम्पनीले सरकारलाई २५ प्रतिशत कर भुक्तानी गरेर मात्रै लाभांश बाँड्न पाउछ । अव कम्पनीले यो रकमबाट आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरणमा बुक भए पछि मात्रै वितरण गर्न सक्ने प्राधिकरणले जनाएको छ । प्रिमियमबाट आर्जित रकमलाई पनि प्राधिकरणले पूँजी सरह मान्यता दिएकाले अहिले हतारिएर सिटिजन लाइफले लाभांश वितरण गर्नु पर्ने बाध्यता थिएन ।  

यस भन्दा अगाडी आइएमई लाइफले आइपिओ मार्फत आर्जन भएको रकमबाटै लाभांश दियो । तर आइएमईले आर्थिक वर्ष २०७९/८० मै बाँडफाँड गरिसकेको थियो । यसले गर्दा प्राधिकरणले आइएमई लाइफलाई रोक लगाएन । त्यस्तै सन नेपाल लाइफले भने जगेडा कोषमै भएको रकमबाट लाभांश घोषणा गरेको प्राधिकरणले जनाएको छ । सन नेपाल लाइफले प्रिमियम मार्फत आर्जित रकमलाई नचलाइ हालसम्म आर्जन भएको जगेडाबाटै लाभांश दिएको हो । यस सँगै रिलायबल नेपालले पनि यस वर्ष प्रिमियम मार्फत आर्जित रकमबाट लाभांश वितरण गर्न नपाउने भएको छ ।  

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया