Nepal Life

नाट्टाले पर्यटन प्रवर्द्धन र पूर्वाधार विकासका लागि अर्थमन्त्रीलाई दियो सुझाव

Global Ime detail Page
  • BFIS News
  • 2024 May Tue 14:58
नाट्टाले पर्यटन प्रवर्द्धन र पूर्वाधार विकासका लागि अर्थमन्त्रीलाई दियो सुझाव
Sanima Reliance

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) ले पर्यटन प्रवर्द्धन र पूर्वाधार विकासका लागि अर्थमन्त्रीलाई सुझाव दिएको छ। नाट्टाले सोमबार अर्थमन्त्री वर्षमान पुनलाई आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव दिएको हो।

NIMB

पर्यटन प्रवर्द्धनका लागि मूल्य अभिवृद्धि करमा सहुलियत प्रदान गर्नुपर्ने, विमानस्थल सेवा शुल्क पर्यटन सेवा शुल्क अनुसार नै हुनुपर्ने, पर्यटक सवारी साधन खरिदमा प्रोत्साहन दिनुपर्ने लगायतका सुझावहरू रहेका छन्।

यस्ता छन् सुझावहरू:

पर्यटन क्षेत्रमा अव्यवहारिक रूपमा लागु गरिए‌को मूल्य अभिवृद्धि कर जुन अन्तर्राष्ट्रिय मूल्य मान्यतासँग नमिल्ने खालको छन् त्यस्ता करका दायराहरू खारेज हुनुपर्छ। आइकाओ र आयटाको मूल्य मान्यता विपरीत हवाई टिकटमा लगाइएको कर अव्यवहारिक छ। त्यसको पुनरावलोकन सही ढंगले हुनुपर्दछ। जसका विकल्पहरूमा हवाई टिकट मूल्यको निश्चित केही प्रतिशत (बढीमा ३ देखि ५ प्रतिशत) विमानस्थल सेवा शुल्क तथा पर्यटन सेवा शुल्क अनुसार लागु गर्न सकिन्छ।

नेपाली विमानस्थलहरू उद्‌गम भई बिक्री वितरण हुने हवाई टिकटहरूका हकमा बाह्य टिकेटिङ एजेन्सी तथा कम्पनीहरूमार्फत् खरिद गर्दा अतिरिक्त ४० देखि ६० अमेरिकी डलर शुल्क लागू हुने गरी स्वदेशी टिकेटिङ एजेन्सी तथा कम्पनीहरूबाट नै त्यस्ता हवाई टिकटहरू खरिद बिक्रीका लागि प्रोत्साहन गर्ने नीतिको व्यवस्था गर्नु पर्दछ।

आन्तरिक पर्यटन अभिवृद्धिका लागि कर्मचारी पर्यटन बिदा कार्यक्रम पूर्ण रूपमा कार्यान्वयन गरी उक्त पर्यटन विदाको उपयोग गर्दा नेपाल सरकार मातहत इजाजत प्राप्त ट्राभल टुर कम्पनीबाट गरिएको हुनुपर्ने व्यवस्था गरिनु पर्दछ।

नेपालको भ्रमण प्याकेजको खर्च यातायात हुने हुँदा पर्यटक सवारी साधनहरूको आयातमा पर्यटक सवारी व्यवसायीहरूलाई प्रोत्साहन र व्यवसायिक सुनिश्चितताका लागि कम्तीमा ५० प्रतिशत भन्सार शुल्क मिनाहा गर्ने व्यवस्था गर्नुपर्दछ।

पर्यटन व्यवसायको मेरूदण्ड रहेको र स्वदेशी तथा विदेशी पर्यटकहरूबीच भरपर्दो, सुरक्षित र आरामदायी सेवा प्रदान गर्ने भनि प्रतिष्ठा आर्जन गरिसकेका पर्यटकीय सवारी साधनहरूको छुट्टै पहिचान हुने गरी साविकमा जस्तै हरियो पृष्ठभूमिमा इम्बोस्ड नम्बर प्लेट उपलब्ध गराउनु पर्दछ।

व्यवसायीहरूलाई व्यवसायिक आर्थिक कारोबारको लागि स्वदेशी तथा विदेशी मुद्रा भुक्तानीका लागि कर्पोरेट डेबिट तथा क्रेडिट कार्डको व्यवस्था गरी आवश्यक कर कारोबारकै बेलामा स्वत: कट्टी भई त्यसको अद्यावधिकता हुने स्वचालित व्यवस्था गर्नुपर्दछ।

वैदेशिक भ्रमणमा जाँदा लाग्ने सेवा शुल्कको भ्याट, मूल्य अभिवृद्धि कर निर्देशिकाको संशोधन २०६९ को संशोधन २०७६ को २० र २५ बमोजिमको उदाहरण अनुसार स्पष्ट हुनुपर्दछ।

ट्राभल तथा टुर एजेन्सीहरूको स्थायित्वका लागि विभिन्न खालका विषम परिस्थति, आपतविपत तथा प्रकोपहरू जस्ता अवस्थाहरूमा व्यवसायीहरूका हक हितका लागि छुट्टै अक्षय कोषको व्यवस्था गरिनुपर्छ। साथै अक्षय कोषको स्रोतका रूपमा व्यवसायीहरूले नेपालमा आउने पर्यटकबाट उठाइ सरकारी कोषमा जम्मा गर्ने पर्यटक करको निश्चित प्रतिशत प्रदान गर्ने व्यवस्था गर्नु पर्दछ।

पर्यटन व्यवसायीहरूको हकहित तथा नेपालको समग्र पर्यटन क्षेत्रको प्रवर्द्धन तथा विकासका लागि काम गरिरहेको यस नेपाल एसाेसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) लाई पर्यटन प्रवर्द्धन, पर्यटन खोज अनुसन्धान लगायत संशोधन विकास तथा व्यवस्थापन कार्यहरू सञ्चालनका लागि प्रदान गर्ने व्यवस्था हुनु पर्दछ।

ट्राभल एजेन्सीमार्फत् तेस्रो मुलुकका पर्यटक गन्तव्यहरू जस्तै तिब्बत, भुटान, भारत लगायत देशमा बिक्री गरिएका प्याकेजको रकम सहज रूपमा इनभोइसअनुसार पठाउने व्यवस्था गर्नुपर्दछ।

तेस्रो मुलुकमा हुने प्याकेज टुर बापतको भुक्तानीमा टिडिएस लाग्ने भन्ने अस्पष्ट कानुनी जटिलताले गर्दा टुर प्याकेज महँगो पर्ने हुँदा त्यसको स्पष्टता जरूरी छ।

अघिल्लो आर्थिक वर्षसम्म नलिइएको वैदेशिक (बाह्य)पर्यटनको करको विषयमा विदेश भ्रमण जाने नेपाली पर्यटकहरूबाट उक्त सेवा उपभोग गरे बापत बुझाउनु पर्ने ५ प्रतिशत पर्यटक कर छुट्टै दाखिला गर्दा झन्झटिलो भएकाले विदेश अध्ययन गर्ने विद्यार्थीहरू जस्तै रकम विप्रेषण गर्दा नै बैंकमार्फत् असुल गरी राज्य कोषमा दाखिला हुने व्यवस्था गर्नुपर्दछ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया