NIMB Header 2
Nepal Life

कुमारी बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन पाउने

National Life
  • BFIS News
  • 2024 May 08 08:01
कुमारी बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन पाउने
Sanima Reliance

काठमाडौं। कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको छ। बैंकले बुधबार सूचना जारी गर्दै १ लाख ११ हजार १६० कित्ता शेयर बिक्रीमा राखेको हो।

Shikhar
NIMB

कुल कित्ता मध्ये १ लाख ८ हजार ४४ कित्ता बैंकका विद्यमान संस्थापक शेयरधनीहरूका लागि र ३ हजार ११६ कित्ता अन्य व्यक्ति तथा कम्पनीका लागि बिक्रीमा राखिएको बैंकले जनाएको छ।

शेयर खरिद गर्न चाहने इच्छुक संस्थापक शेयरधनीहरूले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आइपुग्ने गरी आवेदन दिनुपर्नेछ। त्यस्तै आमसर्वसाधारणले पनि सोही समयभित्र आवेदन दिनुपर्नेछ।

शेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुने बैंकले उल्लेख गरेको छ। निर्धारित समयभित्र शेयर खरिदका लागि आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।

 

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया