NIMB Header 2
Nepal Life

एचआइडिसिएलको खुद नाफा र प्रतिशेयर आम्दानीमा सामान्य वृद्धि

National Life
  • BFIS News
  • 2024 May 08 08:13
एचआइडिसिएलको खुद नाफा र प्रतिशेयर आम्दानीमा सामान्य वृद्धि
Sanima Reliance

काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।

Shikhar
NIMB

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले १ अर्ब ९ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.९२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ अर्ब १ करोड रुपैयाँ नाफा कमाएको थियो।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १८ पैसा बढेर ६ रुपैयाँ ३८ पैसा पुगेको छ। चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ११२ रुपैयाँ २९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २६.२२ गुणा रहेको छ।

समीक्षा अवधिमा कम्पनीको सम्झौताबाट हुने आम्दानी ६२.६८ प्रतिशत र वित्तीय आम्दानी ०.९३ प्रतिशत बढेको छ। समीक्षा अवधिमा कम्पनीको अन्य आम्दानी २० हजारबाट बढेर १ करोड ८६ लाख रुपैयाँ पुगेको छ। कम्पनीको वित्तीय आम्दानी भने सो अवधिमा १९.३७ प्रतिशत घटेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार