Nepal Life

आई.एम.ई. लाईफको गोंगबु शाखाद्वारा मृत्यु दाबी भुक्तानी, बीमित रामचन्द्रको परिवारलाई आर्थिक राहत

Global Ime detail Page
  • BFIS News
  • 2024 May Wed 16:11
आई.एम.ई. लाईफको गोंगबु शाखाद्वारा मृत्यु दाबी भुक्तानी, बीमित रामचन्द्रको परिवारलाई आर्थिक राहत
Sanima Reliance

काठमाडौं । आई.एम.ई. लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड गोंगबु शाखाले बीमित रामचन्द्र महरा चमारको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । 

NIMB

कम्पनीले मंगलबार एक विशेष कार्यक्रम आयोजना गर्दै टोखा नगरपालिका वडा नं ०९ का वडा अध्यक्ष राम भक्त घिमिरे र आई.एम.ई. लाइफ इन्स्योरेन्सको बाग्मती प्रदेशका प्रदेश प्रमुख चन्द्र प्रसाद भट्टराईले संयुक्त रुपमा मृतकको श्रीमती राम सोनारी देवी चमारलाई १० लाख ७८ हजार रुपैयाँ दाबी भुक्तानी गरेका हुन् । ईश्वरीपुर नगरपालिका वडा नं ०४, सर्लाहीका रामचन्द्र महरा चमारको असामाहिक मृत्यु भएको थियो । 

सो कार्यक्रममा कम्पनीको कर्पोरेट कार्यालयका सेल्स एण्ड मार्केटि∙ विभागका सुनिल अधिकारीले दाबी भुक्तानी सम्बन्धी पत्र समेत पढेर सुनाएका थिए । साथै, गोंगबुका चिफ एजेन्सी म्यानेजर राजु गिरिले बिमित मृतकको भैतिक क्षतीलाई परिपुर्ति गर्ने नसकिए पनि आर्थिक क्षतीलाई कम गराउन आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नियम अनुसार मृत्यु दाबी भुक्तानी गरिएको बताए । उक्त कार्यक्रमको संचालन गोंगबु क्षेत्रका क्षेत्रिय शाखा प्रबन्धक पुरुषोत्तम पण्डितले गरेका थिए । 

दाबी भुक्तानी कार्यक्रममा समाजसेवी राजन भुजेल, कम्पनीको गोंगबु शाखा प्रमुख हिमाल सिवाकोटी लगायत, अन्य कर्मचारीहरु, अभिकर्ताहरु तथा स्थानीय महानुभावहरुको उपस्थिती रहेको थियो । आइएमई लाइफले मृत्यु दाबी भुक्तानीलाई विशेष प्राथमिकता दिदै आएको छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया