Nepal Life

हाथवेको नाफा साढे ७ करोड, अन्य सूचकमा के छ?

NMB Bank
  • BFIS News
  • 2024 May 09 08:18
हाथवेको नाफा साढे ७ करोड, अन्य सूचकमा के छ?
National Life

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। यस अवधिमा उसले ७ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनी १ करोड २२ लाख रुपैयाँ घाटामा रहेको थियो ।  

Shikhar
NIMB

कम्पनीले समीक्षा अवधिसम्म २३ करोड ४३ लाख रुपैयाँ खुद आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ८९.२० प्रतिशतले बढी हो ।

कम्पनीको सञ्चालन आम्दानी २३ करोड ३९ लाख रुपैयाँ रहेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०४.६४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी ११ करोड ४३ लाख रुपैयाँ थियो।

कम्पनीको कुल खर्च भने घटेको छ। अघिल्लो आवको तेस्रो त्रैमाससम्म ११ करोड ९२ लाख रुपैयाँ रहेको कम्पनीको कुल खर्च घटेर १० करोड ४४ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको रिटेन्ड अर्निङ २६ करोड ७१ लाख रुपैयाँबाट बढेर ३६ करोड ३२ लाख रुपैयाँ पुगेको छ । कम्पनीको फेयर भ्याल्यु रिजर्भमा ३४ करोड ७७ लाख रुपैयाँ सञ्चित छ । कम्पनीको चुक्तापूँजी १ अर्ब २८ करोड रुपैयाँ रहेको छ ।

चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ८९ पैसा, प्रतिशेयर नेटवर्थ ७७ रुपैयाँ ६२ पैसा र मूल्य आम्दानी अनुपात २२२.०३ गुणा रहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया