Nepal Life

लिवर्टी इनर्जीलाई ५० प्रतिशत हकप्रद निष्काशन गर्न विद्युत नियमन आयोगले दियो पूर्व स्वीकृति

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Fri 13:10
लिवर्टी इनर्जीलाई ५० प्रतिशत हकप्रद निष्काशन गर्न विद्युत नियमन आयोगले दियो पूर्व स्वीकृति
Sanima Reliance

काठमाडौं । विद्युत नियमन आयोगले लिवर्टी इनर्जी कम्पनी लिमिटेडलाई ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न पूर्व स्वीकृति दिएको छ । विद्युत् नियमन आयोगको साउन १५ गतेको निर्णयले कम्पनीलाई ५० प्रतिशत अर्थत ७५ करोड रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासनका लागि पूर्व स्वीकृति प्रदान गरेको हो ।

NIMB

कम्पनीले साउन ८ गते हकप्रद सेयर निष्कासनको पूर्व स्वीकृतिका लागि आयोगमा निवेदन पेस गरेको थियो । कम्पनीले आयोगबाट हाल  कायम रहेको चुक्ता पुँजी १ अर्ब ५० करोडको ५० प्रतिशत हकप्रद सेयर निष्कासनको स्वीकृति पाएको हो ।

आयोगले पूर्व स्वीकृति दिए सँगै कम्पनीले हकप्रद शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिने बाटो खुला भएको छ । धितोपत्र बोर्डले अनुमति दिने वित्तीकै कम्पनीले आफ्ना शेयरधनीहरुलाई हकप्रद बिक्री गर्न पाउनेछ । कम्पनीले २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’  जलविद्युत आयोजना निर्माण सम्पन्न गरी सञ्चालन गरीररहेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया