Nepal Life

नेपाल लाइफले दुई वर्षको मुनाफाबाट कतिसम्म दिन सक्ला लाभांश ?  

Global Ime detail Page
  • गोविन्द राज जोशी
  • 2024 May Sat 16:45
नेपाल लाइफले दुई वर्षको मुनाफाबाट कतिसम्म दिन सक्ला लाभांश ?  
Sanima Reliance

काठमाडौं । नेपाल लाइफले आर्थिक वर्ष २०७८/७९ र २०७९/८० को वार्षिक साधारणसभा गर्न बाँकी छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ सम्मको मुनाफाबाट लाभांश नदिने घोषणा गरे पनि आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट लाभांश घोषणा गर्न बाँकी छ ।

NIMB

सरकारले एफपिओमा लगाएको भुतप्रभावी कानुनको सिकार बनेको कम्पनीले यस वर्ष एक अर्ब २ करोड ६७ लाख रुपैयाँ कर बुझाउनु पर्यो । यसरी मुनाफाको अधिकाम्स रकम करमा गए पछि कम्पनीले लाभांश दिन नसक्ने घोषणा गर्यो । कम्पनीले आर्थिक वर्ष २०७९/८० को एक्चरियल मूल्याङ्कन गरेर लेखापरीक्षण प्रतिवेदन तयार पारिरहेको छ । अवको केहि समय भित्रै कम्पनीले लाभांश घोषणा गर्ने तयारी गरिरहेकोफ छ । साधारणसभाबाट शेयरधनीको हात खालि नराख्ने उद्देश्य समित कम्पनीले एकै पटक दुई आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन सहित साधारणसभा आह्वान गर्ने योजना बनाएको हो ।

नेपाल लाइफले सार्वजनिक गरेको पछिल्लो लेखापरीक्षण प्रतिवेदन २०७७/७८ अनुसार कम्पनीको मुनाफा एक अर्ब ५५ करोड रुपैयाँ थियो । यो मुनाफाबाट कम्पनीले १५.७८ प्रतिशत अर्थात एक अर्ब २९ करोड रुपैयाँ लाभांश वितरण गरेको थियो । 

आर्थिक वर्ष २०७८/७९ मा पनि कम्पनीले डेढ अर्ब भन्दा माथि मुनाफा आर्जन गरेको कम्पनीले जनाएको छ । यस वर्षको मुनाफाबाट कर तिरेर थोरै बाँकी रहेको रकमलाई पनि जगेडा कोषमै सुरक्षित राखेको छ । साथ साथै त्यस पछिको आर्थिक वर्ष २०७९/८० मा पनि डेढ अर्ब भन्दा माथि मुनाफा हुने पक्का छ । यस हिसावले कम्पनीले १५/२० प्रतिशत भन्दा माथि लाभांश दिन सक्ने देखिन्छ ।

दोस्रो बजारमा कम्पनीको शेयर मूल्य

हाल दोस्रो बजारमा नेपाल लाइफको शेयर मूल्य ५६९ रुपैयाँ रहेको छ । विगत एक वर्षको अवधिमा कम्पनीको शेयर मूल्य अधिकतम ८२० रुपैयाँ र न्युनतम ५६६ रुपैयाँमा कारोबार भइरहेको छ । अर्थात अहिलेको अवस्थामा कम्पनीको शेयर मूल्य वर्षदिनदेखिकै सर्वाधिक तल्लो विन्दुमा कारोबार भइरहेको छ ।

नेपाल लाइफले यस भन्दा अगाडी नगद लाभांश मात्रै दिएको थियो । नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरुको न्युनतम चुक्ता पूँजी ५ अर्ब कायम गर्दा नेपाल लाइफको ८ अर्ब २० करोड पुगिसकेको थियो । कम्पनीले एफपिओ जारी गरेर आर्जन गरेको प्रिमियमबाट विगतमा सर्वाधिक आकर्षक लाभांश वितरण गरेको थियो । तर कम्पनीले अवका दिनमा त्यतिवेलाको जति लाभाश दिन सक्ने देखिदैन ।

प्रिमियमबाट आर्जन भएको रकमलाई बोनस शेयर मार्फत पूँजी बढाएकाले कम्पनीको प्रतिशेयर आम्दानी पहिलाको भन्दा धेरै तल छ । तर कम्पनीले त्यतिवेला वितरण गरेको लाभांश रकम भन्दा अहिलेका दिनमा वितरण गर्ने लाभांश रकम भने निश्चिय नै बढि देखिन जान्छ । तर शेयरधनीहरुले लाभांश अर्थात प्रतिफललाई प्रतिशतमै हेर्ने भएकाले लाभांशदर घटेको छ । यहि कारण कम्पनीको शेयर मूल्य पनि सर्वाधिक तल्लो विन्दुमा छ ।

विगत दुई वर्षदेखि लाभांश घोषणा नगरेकाले पनि कम्पनीको शेयर मूल्य तल्लो विन्दुमा झरेको हो । यदि कम्पनीले यस वर्ष पनि बोनस शेयर नदिइ नगद लाभांशमै जोड दिने हो भने आगामी वर्षमा भने लाभांश दर पक्कै पनि बढाउन सक्नेछ । तर कम्पनीले दोस्रो बजारमा आफ्नो शाखलाई फर्काउन भने धेरै गाह्रो छ ।

नेपाल लाइफले एक खर्ब ८३ अर्ब भन्दा धेरैको जीवन बीमा कोषको दायित्व व्यवस्थापन गरेर बसिरहेको छ । जीवन बीमा व्यवसायमा सर्वाधिक अगाडी रहदै आएको नेपाल लाइफको दोस्रो प्रतिस्पर्धी कम्पनी भन्दा दोब्बर ठुलो आकारमा आफुलाई अगाडी बढिरहेको छ । एक खर्ब ५२ अर्ब भन्दा ठुलो लगानी गर्दै आइरहेको नेपाल लाइफले बीमित र शेयरधनी दुबैलाई आकर्षिक प्रतिफल दिनु पर्ने दवावमा छ ।

विगतका दिनम एफपिओबाट एकै पटक लाभांश दिएकै कारण अहिले त्यो लाभांशलाई निरन्तरता दिन मात्रै नकसकेको हो । यदि कम्पनीले उक्त रकमलाई जगेडा कोषमा राखेर क्रमिक रुपमा आकर्षक लाभांश वितरण गर्दै आएको भए लाभांश वितरणमा ‘भोलाटाइल’को अवस्था भोग्नु पर्ने थिएन । नेपाल लाइफले अवका दिनमा भने एउटा तहमा नियमित लाभांश दिन सक्ने क्षमता बनाएको छ । यस वर्ष एक्कासी करको दायित्व बहन गर्नु नपरेको भए नेपाल लाइफले यस भन्दा अगाडी नै १५ प्रतिशत भन्दा माथि लाभांश दिने क्षमता बनाउथ्यो । अवका वर्षहरुमा नेपाल लाइफको लाभांश १५/२० प्रतिशत भन्दा माथि हुने निश्चित छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया