Nepal Life

शेयर र जग्गा बिक्री तथा जोखिम बहन क्षमता बढ्दा निर्जीवन बीमा कम्पनीको मुनाफा ह्वात्तै बढ्यो, सुधार अल्पकालिन !

Global Ime detail Page
  • गोविन्द राज जोशी
  • 2024 May Mon 05:54
शेयर र जग्गा बिक्री तथा जोखिम बहन क्षमता बढ्दा निर्जीवन बीमा कम्पनीको मुनाफा ह्वात्तै बढ्यो, सुधार अल्पकालिन !
Sanima Reliance

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको मुनाफामा व्यापक सुधार देखिएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाशिक अवधिमा निर्जीवन बीमा कम्पनीहरुले ५३ प्रतिशतले मुनाफा बढाउन सफल भएका छन् । वित्तीय विवरण सार्वजनिक गर्ने १२ निर्जीवन बीमा कम्पनीहरुले चैत मसान्तसम्ममा ५ अर्ब २५ करोड रुपैयाँ मुनाफा आर्जन गरेका छन् । गत वर्षको यहि अवधिमा कम्पनीले तीन अर्ब ४० करोड रुपैयाँ मुनाफा आर्जन गरेका थिए ।

NIMB

बीमा कम्पनीहरुले मर्जर तथा बोनस शेयरबाट पूँजी बढाए सँगै जोखिम बहन क्षमता बढेको र कम्पनीले धेरै जोखिम लिदा मुनाफामा सुधार आएको हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहले जानकारी दिए ।

साथ साथै यस वर्ष धेरै निर्जीवन बीमा कम्पनीहरुले बीमा प्राधिकरणको निर्देशन पछि शेयर तथा घरजग्गा बिक्री गरेका छन् । यस कारणले पनि निर्जीवन बीमा कम्पनीको मुनाफा अत्याधिक देखिएको हो । नेपाल बीमा प्राधिकरणले पूँजी बढाउनका लागि पहिलो चरणमा हकप्रद शेयर निष्काशनमा रोक लगायो । जसले गर्दा मर्जरमा जान नसक्ने कम्पनीहरुले यस वर्ष संस्थापक शेयर बिक्री गर्न बाध्य भए । साथै कतिपयले घर जग्गा तथा सम्पत्ती नै बिक्री गर्नु पर्यो । यसको प्रभाव बीमा कम्पनीको वित्तीय विवरणमा देखिएको छ ।

निर्जीवन बीमा कम्पनीहरुले यस वर्षदेखि एनएफआरएस अनुसार वित्तीय विवरण तयार पारेका छन् । एनएफआरएस अनुसार वित्तीय विवरण तयार पार्दा पहिलो वर्ष आधार वर्ष बन्ने भएकाले कम्पनीहरुको मुनाफामा व्यापक सुधार देखिन्छ । जव जोखिमको मूल्याङ्कन बढ्दै जान्छ मुनाफा पनि खुम्चिदै जान्छ । एनएफआरस एक्वीरल बेसिस हुने भएकाले पुरानो वित्तीय मापदण्डबाट कम्पनीहरुले फाइदा लिन्छन् । बाणिज्य बैंकहरुको पनि एनएफआरएस लागु भएका दुई वर्षमा राम्रो मुनाफा देखिएको थियो । जव खराव कर्जा बढ्दै गयो वितरण योग्य मुनाफा खुम्चिदै गयो ।

अर्को तर्फ बीमा कम्पनीहरुले विगतका वर्षमा बैंकको मुद्दती निक्षेप महंगो व्याजदरमा राखेका थिए । ति निक्षेप परिपक्व हुँदै जादा कम्पनीहरुको मुनाफा बढ्न थालेको हो । कम्पनीरुले शेयर बजारमा पनि राम्रो लगानी गरेका हुन्छन् । यस वर्ष सेक्टरल हिसावले केहि कम्पनीमा राम्रो उछाल आयो । यसबाट पनि केहि कम्पनीले राम्रो फाइदा लिएका छन् ।

यो वर्षको निर्जीवन बीमा कम्पनीको मुनाफा अर्को वर्ष दोहोरिन धेरै मुस्किल पर्ने विश्लेषकहरु बताउछन् । अहिलेको आम्दानी वास्तविक निर्जीवन बीमा व्यवसायबाट भन्दा पनि अन्य क्षेत्रबाट लाभ लिइरहेका छन् । समग्र आर्थिक क्षेत्र सिथिल हुँदा ठुलो ठुलो फण्ड भएका बीमा कम्पनीहरुले पनि केहि फाइदा लिएका छन् । पछिल्ला दिनमा निर्जीवन बीमा कम्पनीहरुले घरजग्गामा पनि राम्रो लगानी बढाइरहेका छन् । आफु सँग भएको फण्डलाई सदुपयोग गर्दै कम्पनीहरुले विभिन्न ठाउँमा सस्तो अवस्थामा रहेका, समस्यामा परेका व्यक्तिहरुको घरजग्गा खरिद गर्दै आइरहेका छन् । निर्जीवन बीमा व्यवसायमा भने खासै ठुलो प्रगती देखिदैन । यसको प्रत्यक्ष अप्रत्यक्ष प्रभाव कम्पनीको बीमा शुल्क आर्जनमा पर्छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाशिक अवधिमा सर्वाधिक धेरै मुनाफा प्रमुख इन्स्योरेन्सले २३७ प्रतिशतले बढाएको छ । कम्पनीले ३९ करोड ९१ लाख रुपैयाँ आर्जन गरेको छ । कम्पनीको मुनाफामा नेपाल पुनर्बीमा कम्पनीको शेयर बिक्रीको हिस्सा धेरै छ ।

त्यस्तै नेपाल इन्स्योरेन्स कम्पनीले ६१ करोड ४४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गएको वर्षको तुलनामा १०१ प्रतिशतले बढाउदा कम्पनीको मुनाफामा जग्गा बिक्री र शेयर बिक्रीको पोर्टफेलियो धेरै छ । आइजिआइ प्रुडेन्सियलको मुनाफा पनि १८१ प्रतिशतले बढेको छ । कम्पनीको मुनाफामा मर्जरको प्रभाव सहित रिटेन्सन क्षमता नै हो । अन्य जसले शेयर तथा जग्गा बिक्री गरेका छैनन् ति कम्पनीहरुले रिटेन्सन क्षमता बढाएर मुनाफा बृद्धि गरेका छन् ।

चैत मसान्तसम्म आइपुग्दा नेप्सेमा सूचीकृत १२ निर्जीवन बीमा कम्पनीहरुको खुद बीमा शुल्क आर्जन समग्रमा २७.१५ प्रतिशतले बढेर ९ अर्ब ४० करोड ३१ लाख ७३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यी कम्पनीहरुले ७ अर्ब ३९ करोड ५४ लाख ४० हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेका थिए । 

सबैभन्दा धेरै खुद बीमा शुल्क आर्जन गर्नेमा सगरमाथा लुम्बिनी रहेको छ । १ वर्षको अवधिमा यस कम्पनीको खुद बीमा शुल्क आर्जन १५.५७ प्रतिशतले बढेर १ अर्ब ३७ करोड ३७ लाख ५४ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, सिद्धार्थ प्रिमियर, शिखर, नेकोको खुद बीमा शुल्क आर्जन पनि १ अर्बभन्दा धेरै छ ।

त्यस्तै चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा १२ निर्जीवन बीमा कम्पनीहरुको कर्जा तथा लगानीबाट हुने आम्दानी समग्रमा ४२.५५ प्रतिशतले बढेर ४ अर्ब ४४ करोड ६४ लाख ६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा निर्जीवन बीमा कम्पनीहरुको कर्जा तथा लगानीबाट हुने आम्दानी ३ अर्ब ११ करोड ९१ लाख २४ हजार रुपैयाँ थियो । 

कर्जा तथा लगानीबाट नेपाल इन्स्योरेन्सले सबैभन्दा धेरै ७९ करोड ६८ लाख १९ हजार रुपैयाँ आम्दानी गरेको छ । कर्जा तथा लगानीबाट आम्दानीमा वृद्धिका आधारमा पनि नेपाल इन्सुरेन्स अघि छ । गत वर्षको तुलनामा यसको कर्जा तथा लगानीबाट अम्दानी २३९.२३% बढेको हो । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया