NIMB Header 2
Nepal Life

आजदेखि परिमार्जित ब्रोकर कमिसन लागू, अब कति तिर्नुपर्छ?

National Life
  • BFIS News
  • 2024 May 14 08:37
आजदेखि परिमार्जित ब्रोकर कमिसन लागू, अब कति तिर्नुपर्छ?
Sanima Reliance

काठमाडौं । आजदेखि परिमार्जित ब्रोकर कमिसन लागू भएको छ। गत वैशाख २३ गते बसेको नेपाल धितोपत्र बोर्ड (सेबोन) को सञ्चालक समितिको बैठकले ब्रोकर कमिसन १० प्रतिशतले घटाउने निर्णय गरेको थियो। सो निर्णय आजदेखि कार्यान्वयनमा आएको हो।

Shikhar
NIMB

धितोपत्र बोर्डले यसअघि गरेको अध्ययन अनुसार नै हालको शुल्कमा १० प्रतिशत घटाउन अर्थमन्त्रालयले अनुमति दिएपछि सेबोनको सञ्चालक समितिको निर्णय अनुसार आजदेखि ब्रोकर कमिसन घटाउने निर्णय कार्यान्वयन भएको हो।  

यसअघि ५० हजार रूपैयाँसम्मको कारोबारमा ०.४० प्रतिशत, ५० हजारदेखि पाँच लाख रूपैयाँसम्मको कारोबारमा ०.३७ प्रतिशत, पाँच लाखदेखि २० लाख रूपैयाँसम्मको कारोबारमा ०.३४ प्रतिशत कमिसन शुल्क लाग्थ्यो। यस्तै २० लाखदेखि एक करोड रूपैयाँसम्मको कारोबारमा ०.३० प्रतिशत र एक करोड रूपैयाँभन्दा धेरैमा ०.२७ प्रतिशतसम्म कमिसन शुल्क लाग्थ्यो।

नयाँ व्यवस्था अनुसार अब १० प्रतिशत घटेकोमा ५० हजार रूपैयाँसम्मको कारोबारमा ०.३६ प्रतिशत, ५० हजारदेखि ५ लाख रूपैयाँसम्मको कारोबारमा ०.३३ प्रतिशत, पाँच लाखदेखि २० लाख रूपैयाँसम्मको कारोबारमा ०.३०६ प्रतिशत कमिसन शुल्क लाग्ने भएको छ । यस्तै २० लाखदेखि एक करोड रूपैयाँसम्म ०.२७ प्रतिशत र १ करोड रूपैयाँभन्दा माथिको कारोबारमा ०.२४३ प्रतिशतसम्म कमिसन लाग्नेछ।

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया