NIMB Header 2
Nepal Life

नेप्से परिसूचक २ हजारमाथि, आज दोहोरो अंकको वृद्धि

National Life
  • BFIS News
  • 2024 May 14 15:39
नेप्से परिसूचक २ हजारमाथि, आज दोहोरो अंकको वृद्धि
Sanima Reliance

काठमाडौं । मंगलबार नेप्से परिसूचक २८.६२ अंकले बढेको छ। यसदिन नेप्से १.४३ प्रतिशतले बढेर २०२७.५१ विन्दुमा बन्द भएको छ।

मंगलबार ४ अर्ब ८ करोड ८८ लाख ५३ हजार ६६४ रूपैयाँको सेयर कारोबार भएको छ। गत कारोबार दिन अर्थात् सोमबार ३ अर्ब ४० करोड ८६ लाख ८ हजार १५७ रूपैयाँको कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा कारोबार रकममा ६८ करोड रूपैयाँ वृद्धि भएको हो।

Shikhar
NIMB

यस दिन ३२० वटा धितोपत्रको ९८ लाख ५५ हजार २८५ कित्ता सेयर किनबेच भएको हो। मंगलबार २१९ कम्पनीको सेयर मूल्य बढेको छ भने २२ वटाको घटेको छ। यस्तै, ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

यसदिन पाँच लघुवित्त कम्पनीको सेयरमूल्य सर्किट लेभलमा बढेको छ। समाज लघुवित्त, उपकार लघुवित्त र युनिक नेपाल लघुवित्तको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ। यस्तै, जनउत्थान सामुदायिक लघुवित्त र मानुषी लघुवित्तको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ।

हिमालयन उर्जा विकास कम्पनीको मूल्य सर्वाधिक ४.६४ प्रतिशतले घटेको छ। उक्त कम्पनीको सेयर मूल्य २९० रूपैयाँ कायम भएको छ।
यस्तै, एनएमबी ५० को मूल्य ३.३० प्रतिशतले घटेर प्रति इकाइ मूल्य ९ रूपैयाँ ३७ पैसामा झरेको छ।

मंगलबार सिइडिबी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता ७७० रूपैयाँमा १५ करोड ८१ लाख बराबरको सेयर कारोबार भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा ३.२२ प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा साइन रेसुङ्गा डेभलपमेन्ट बैंक रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ४१२ रूपैयाँमा ११ करोड ६१ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।

यसदिन लघुवित्त समूहको परिसूचक सर्वाधिक ३.४४ प्रतिशतले बढेको छ भने जलविद्युत समूहको परिसूचक ३.२२ प्रतिशतले बढेको छ।

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया