NIMB Header 2
Nepal Life

लाभांश घोषणा गर्ने वित्तीकै क्यान्सिल गर्ने गरि काम नगर्न सेवोनका कार्यकारी निर्देशक अधिकारीको निर्देशन

National Life
  • BFIS News
  • 2024 May 15 11:10
लाभांश घोषणा गर्ने वित्तीकै क्यान्सिल गर्ने गरि काम नगर्न सेवोनका कार्यकारी निर्देशक अधिकारीको निर्देशन
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारीले नेपाल बीमा प्राधिकरणको ५६ औं वार्षिकोत्सवको अवसरमा संबोधन गर्दै बीमा क्षेत्रको नियामक प्राधिकरण तथा बीमा कम्पनीहरुले प्रचलित अभ्यासहरुलाई पछ्याएर काम गर्न निर्देशन दिएका छन् ।

Shikhar
NIMB

नेपाल बीमा प्राधिकरणले गरेका कतिपय अभ्यासहरु मान्यता भन्दा बाहिर गएको भन्दै आगामी दिनमा त्यस तर्फ चनाखो भएर अगाडी बढ्न उनले अनुरोध गरेका थिए । उनले भने ‘हामी सबै वित्तीय प्रणालीमा रहने हुँदा त्यसको असर हामी सबैमा पर्ने हुन्छ । त्यसकारणले महामारीको बीमा हुन्छ कि हुँदैन भन्ने खालका सिद्धान्त र अभ्यासहरुलाई हेर्नु पर्छ ।’

पूँजी बजारमा बीमा कम्पनीहरु पनि रहेकाले बीमा कम्पनीहरुले गर्ने निर्णय प्रति धितोपत्र बोर्डका व्यवस्थाहरु आकर्षित हुने अधिकारीको भनाइ छ । उनले भने ‘बीम कम्पनीका डिस्क्लोजरका कुराहरुले पनि पूँजी बजारलाई असर पुर्याउने भएकाले तपाहरुको परिपत्रहरु निर्देशनह स्पष्ट भयो भने सहज हुन्छ ।’ उनले थपे, आजै घोषणा गर्यो अनि आजै क्यान्सिल गर्यो । यस्ता किसिमका कुराहरुले पूँजी बजारमा कम्पनीको मूल्यमा ठुलो असर पुर्याएको छ ।

 नेपाल बीमा प्राधिकरणले मंगलबार ५६ औं वार्षिकोत्सव सम्पन्न गरेको छ । मंगलबार साझ शंकर होटलमा आयोजना भएको कार्यक्रममा विभिन्न नियामक निकायका प्रतिनिधि, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुङ्गाना, बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा अध्यक्ष लगायतको उपस्थिति थियो ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया