Nepal Life

साताको कारोबारको अन्तिम दिन नेप्सेमा झिनो अंकको वृद्धि

NMB Bank
  • BFIS News
  • 2024 May 16 15:50
साताको कारोबारको अन्तिम दिन नेप्सेमा झिनो अंकको वृद्धि
National Life

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज (बिहीबार) नेप्से परिसूचकमा झिनो अंकको वृद्धि भएको छ। आज नेप्से ०.७९ अंकले बढेर २०१८.७६ मा पुगेर बन्द भएको छ।

Shikhar
NIMB

बजार स्थिर रहेपनि कारोबार रकम भने बढेको छ। आज ४ अर्ब २३ करोड रूपैयाँको शेयर कारोबार भएको छ। बुधबार ३ अर्ब ६८ करोड रूपैयाँको कारोबार भएको थियो।

बिहीबार पनि लघुवित्त कम्पनीहरूको कारोबारमा सुधार आएको छ। लघुवित्त समूह करिब चार प्रतिशतले वृद्धि भएको छ। यो समूहका चार कम्पनीको शेयर मूल्य १० प्रतिशतसम्म वृद्धि भएको छ।

जसमा हिमालयन लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, सृजनशील लघुवित्त र स्वाभिमान लघुवित्त छन्।

सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी (सिएचडिसी)को सबैभन्दा धेरै कारोबार भएको छ। यो कम्पनीको ४३ करोड ९० लाख रूपैयाँको कारोबार भएको छ।

सबैभन्दा बढी नोक्सानी मान्डु हाइड्रोपावरका लगानीकर्तालाई भएको छ। कम्पनीको शेयरमूल्य ५.७६ प्रतिशतले घटेको छ। त्यस्तै पिपुल्स पावर कम्पनीको शेयरमूल्य पनि ५.२६ प्रतिशतले घटेको छ भने नेपाल फाइनान्सको शेयरमूल्य पनि ४.१२ प्रतिशतले घटेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार