Nepal Life

प्राविधिक विश्लेषकले सेक्टर रोटेशनका क्रममा बीमालाई संकेत गर्दा शेयर बजारमै उछाल, यस्तो छ कारण

Global Ime detail Page
  • BFIS News
  • 2024 May Sun 15:18
प्राविधिक विश्लेषकले सेक्टर रोटेशनका क्रममा बीमालाई संकेत गर्दा शेयर बजारमै उछाल, यस्तो छ कारण
Sanima Reliance

काठमाडौं । राष्ट्र बैंकले शुक्रवार सार्वजनिक गरेको मौद्रिक समिक्षाले सुधारका कुरा भन्दा पनि नराम्रो केहि पनि व्यवस्था नगर्दा लगानीकर्ता उत्साहित भएका छन् । शेयर बजार बढ्दो ट्रेण्डमा रहेका कारण राष्ट्र बैंकले उत्साहप्रद कुराहरु भन्दा पनि असर पार्ने खालका नीतिगत व्यवस्था नगरिदिदा बजारमा उत्साह आएको बजार विश्लेषकहरुले बताएका छन् ।

 

NIMB

यसै क्रममा प्राविधिक विश्लेषकहरुले सेक्टर सुधारका क्रममा अव पालो बीमा रहेको भन्दै संकेत गर्दा आज अधिकाम्स बीमा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । विगतका दिनमा फाइनान्स, माइक्रोफाइनान्स, विकास बैंकमा राम्रो सुधार आइसकेको छ । यस क्रममा बीमा कम्पनीहरुको शेयर मूल्यमा खासै सुधार देखिएको थियो । प्राविधिक विश्लेषकहरुले बीमा कम्पनीहरुको शेयर मूल्य तल्लो विन्दुमा रहेको र केहि प्राविधिक सूचकहरु सकारात्मक देखिएको विश्लेषण गर्दै आइरहेका थिए । यसरी विगतमा फाइनान्स, विकास बैंक, माइक्रोफाइनान्समा राम्रो कमाएका शेयरधनीहरुले त्यताको शेयर बिक्री गरेर बीमा उठाएका हुन् ।

यसै क्रममा बीमा कम्पनीहरुले सार्वजनिक गरेको तेस्रो त्रैमाशिक वित्तीय विवरणमा सबैको मुनाफा तथा आम्दानीमा राम्रो सुधार देखिएको थियो । यि सबै फ्याक्टरका कारण आज बीमा कम्पनीको शेयर मूल्यमा उछाल आएको हो ।

आइतबार नेप्से परिसूचक ४५.६९ अंक बढेर २०६४.४५ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ८.३९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.३३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८६ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२३ स्टकको ७४ हजार ९९१ पटकको कारोबारमा ५ अर्ब २५ करोड १० लाख रुपैयाँ बराबरको १ करोड २२ लाख ४० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन आत्मनिर्भर लघुवित्त, सबैको लघुवित्त, सामुदायिक लघुवित्त र नेरुडे मिर्मिरे लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन हिमालयन लघुवित्तको शेयरमूल्य करिब साढे ८ प्रतिशत बढेको छ। कारोबारमा आएको माण्डु हाइड्रोपावरको शेयर भने यस दिन नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा यस दिन सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १४ करोड ८० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन फस्ट माइक्रोफाइनान्सको साढे ११ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने हिमालयन लाइफ इन्स्योरेन्सको कारोबार रकम ११ करोड नाघेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तेस्रो त्रैमाशिक अवधिको मौद्रिक समिक्षामा बैंक तथा वित्तीय संस्थाहरुलाई शेयर बजारमा लगानी गर्न सहज बनाइदिएको छ । यसले पनि आइतबार बजारमा राम्रो सपोर्ट गरेको छ । 

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले एक वर्ष अवधि व्यतित भइसकेका लगानीमध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको २० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था गरेको छ । यस अघि सो अवधिका लगानीमध्ये प्राथमिक पूँजीको १ प्रतिशत मात्र बिक्री गर्न पाउने व्यवस्था थियो। 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया