Nepal Life

सकारात्मक बजेटको हल्लाले शेयर बजारमा सुधार, के आउने टुङ्गो छैन च्याखे थाप्दै लगानीकर्ता

Global Ime detail Page
  • BFIS News
  • 2024 May Mon 15:11
सकारात्मक बजेटको हल्लाले शेयर बजारमा सुधार, के आउने टुङ्गो छैन च्याखे थाप्दै लगानीकर्ता
Sanima Reliance

काठमाडौं । केहि दिनदेखि शेयर बजारमा राम्रै उतारचढाव देखिदै आएको छ । मौद्रिक समिक्षा अगाडीदेखि नै सकारात्मक देखिदै आएको शेयर बजारले सकारात्मक बजेटको अपेक्षा गरिरहेको छ । यहि अपेक्षामा लगानीकर्ताले लगानी पनि बढाइरहेका छन् ।

NIMB

एक महिनाको अवधिमा १९५८ अंकसम्म तल झरेर सुधार भइरहेको नेप्से सूचक आजै २१२० अंकसम्म पुग्यो । सरकारले पूँजीगत लाभकर घटाउदै भन्ने किसिमका अपुष्ट समाचारले पनि आज लगानीकर्तालाई नराम्रो सँग प्रभावित पार्यो । केहि सञ्चार माध्यमले सार्वजनिक गरेका अपुष्ट समाचारहरु सामाजिक सञ्जालमा राम्रै खुराक बन्यो । यसले कारोबार सुरु भएको डेढ घण्टा भित्रमा २१२० अंक पुग्यो । तर यस्ता आधारहिन जानकारीलाई बजारले छिट्टै करेक्सन गर्ने क्रममा अन्तिम समयमा २७.५४अंकको सुधार सहित २०९२ अंकमा रोकिएको छ ।

यसरी आगामी बजेटमा के कस्तो विषय आउने हो टुङ्गो छैन तर लगानीकर्ताहरुले भने राम्रै च्याखे थापेका छन् । मौद्रिक समिक्षामा पूँजी बजारलाई सपोर्ट गर्ने खालका उत्साहित नीति आएनन् तर नराम्रो पार्ने नीति पनि आएन । यसले गर्दा बजारले मौद्रिक समिक्षालाई सहजै स्वीकार गर्यो ।

सरकार आगामी जेठ १५ गते सार्वजनिक गर्ने बजेटको तयारीमा जुटिरहेको छ । अर्थमन्त्री वर्षमान पुनले आफु आउने वित्तीकै पूँजी बजार सुधारका लागि सुझावहरु आह्वान गरेका थिए । अर्थमन्त्री पुनले उक्त सुझावहरुलाई कार्यान्वयन गर्ने समय आएकाले पनि लगानीकर्ताहरु हौसिएका हुन् । यदि अर्थमन्त्रीले चाहे भने लगानीकर्ताका सुझावहरु बजेट तथा आर्थिक ऐन मार्फत संबोधन गर्नेछन् । बजेट र आर्थिक ऐनमा आइसके पछि राष्ट्र बैंकले पनि जवजस्ती बजारलाई प्रभावित पार्ने गरी थप कडा नीति ल्याउन गाह्रै पर्नेछ । यसले गर्दा पनि केहि दिनदेखि बजारमा राम्रो सुधार भइरहेको हो ।

अहिले बजारका साना ठुला खेलाडीहरु स्वयं यदि बजेटमा सकारात्मक कुराहरु आइहाल्यो भने बजेट पछि बिक्री गर्ने होइन राम्रो आउने छनक पाइएन भने पनि बजेट अगाडी नै बिक्री गर्ने तर अहिलेलाई भने राम्रै हल्ला मच्लाएर बजार बढाउने रणनीतिमा छन् । यहि कारणले गर्द आज शेयर बजारमा ५ अर्ब ८५ करोडको कारोबार भयो । यो कारोबार विगत ४/५ महिना यताकै सर्वाधिक हो ।

आज सर्वाधिक धेरै बाणिज्य बैंकको शेयरमा उछाल आएको छ । बाणिज्य बैंकको शेयर ४ प्रतिशतले बढ्दा नेप्से सूचकमै राम्रो प्रभाव पारेको छ । यस सँगै आज अधिकाम्स लगानीकर्ताको पोर्टफेलियोमा राम्रो सुधार देखिएको छ । तर हिजोका दिनमा सुधार भएका फाइनान्स, विकास बैंक, बीमा कम्पनी लगायतको सूचक भने घटेको छ । १३४ वटा कम्पनीको शेयर मूल्यमा सुधार आउदा १०७ वटाको शेयर मूल्य बढेको छ । आजको बजारले पनि शेयर बजार अव बुलिस ट्रेण्डमा अगाडी बढेको पुष्ठी हुन्छ । बुलिस ट्रेण्डमा क्रमिक रुपमा सेक्टर सेक्टरमा सुधार हुँदै समग्र बजारमै सुधार आउछ । यसले बजारको आधार पनि बलियो हुँदै जान्छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया