नेप्सेमा चार लाख ४४ हजार कित्ता बोनस शेयर सूचीकृत
- BFIS News
- 2024 May Mon 15:31
काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा युनाइटेड इदी मर्दी हाइड्रोपावर र समता घरेलु लघुवित्तको बोनस शेयर सूचिकृत भएको छ । यि दुई कम्पनीको ४ लाख ४४ हजार ७ सय २०.७१ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
युनाइटेड इदी मर्दी हाइड्रोले शेयरधनीहरुलाई प्रदान गरेको ५.५० प्रतिशत बोनस शेयर बापत २ लाख ३१ हजार कित्ता शेयर सूचीकृत भएको छ ।
त्यस्तै समता घरेलु लघुवित्तले शेयरधनीहरुलाई प्रदान गरेको ४.४२२२ प्रतिशत बोनस बापतको २ लाख १३ हजार ७ सय २०.७१ कित्ता बोनस शेयर आजै सूचीकृत भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया