NIMB Header 2
Nepal Life

नेप्सेको लगातारको उकालो यात्रा जारी, चार कम्पनीको शेयर मूल्य सर्किट लेभलमा बढ्यो

National Life
  • BFIS News
  • 2024 May 21 15:40
नेप्सेको लगातारको उकालो यात्रा जारी, चार कम्पनीको शेयर मूल्य सर्किट लेभलमा बढ्यो
Sanima Reliance

काठमाडौं । साताको तेस्रो कारोबार दिन पनि आज नेप्से दोहोरो अंकले बढेको छ। आज नेप्से २३.९४ अंकले बढेर २११५.९४ विन्दुमा बन्द भएको छ।

Shikhar
NIMB

कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा केही गिरावट आएको छ। सोमबार ५ अर्ब ८५ करोड ४३ लाख ५४ हजारको कारोबार भएकोमा मंगलबार ५ अर्ब २० करोड ६२ लाख ८ हजारको शेयर कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा ६५ करोड रूपैयाँ कमी आएको हो।

यस दिन ३१७ वटा धितोपत्रको १ करोड ३२ लाख ४१ हजार २१७ कित्ता शेयर किनबेच भएको छ।

मंगलबार १९४ कम्पनीको शेयर मूल्य बढेको छ भने ४३ वटाको घटेको छ। यस्तै, ९ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।

चार कम्पनीको शेयर मूल्य सर्किट लेभलमा बढेको छ। जानकी फाइनान्स, नेरुडे मिर्मिरे लघुवित्त, सामुदायिक लघुवित्तको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ। मध्यभोटेकोशी जलविद्युतको शेयर मूल्य ९.९७ प्रतिशतले बढेको छ।

साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको मूल्य सर्वाधिक ४.२८ प्रतिशतले घटेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ४०० रूपैयाँ १० पैसा कायम भएको छ। यस्तै, भगवती हाइड्रोपावरको मूल्य ३.१९ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ७०६ रूपैयाँमा झरेको छ।

मंगलबार पोखरा फाइनान्सको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता ७११ रूपैयाँमा २४ करोड ६४ लाखको शेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा २.५१ प्रतिशत बढेको छ।

सर्वाधिक शेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सिइडिबी हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ८६९ रूपैयाँमा १२ करोड ९९ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये विकास बैंक र व्यापार समूहको परिसूचक १ प्रतिशतभन्दा कमले घटेको छ भने बाँकी ११ समूहको परिसूचक बढेको छ।

यसदिन वित्त समूहको परिसूचक सर्वाधिक ३.५५ प्रतिशतले बढेको छ भने जलविद्युत समूहको परिसूचक २.१६ प्रतिशतले बढेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार