NIMB Header 2
Nepal Life

आज पनि नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम ५ अर्ब ६८ करोडमाथि

National Life
  • BFIS News
  • 2024 May 22 16:54
आज पनि नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम ५ अर्ब ६८ करोडमाथि
Sanima Reliance

काठमाडौं । आज बुधबार पनि नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से १५.५४ अंकले बढेर २१३१.४९ विन्दुमा बन्द भएको छ।

Shikhar
NIMB

यस दिन कारोबार रकममा पनि सुधार आएको छ। मंगलबार ५ अर्ब २० करोड ६२ लाख ८ हजार रूपैयाँको कारोबार भएकोमा बुधबार ५ अर्ब ६८ करोड ७६ लाख ८० हजार ९१२ रूपैयाँको सेयर कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा ४८ करोड रूपैयाँ वृद्धि भएको हो।

यस दिन ३१८ वटा धितोपत्रको १ करोड ४४ लाख १९ हजार ५२१ कित्ता सेयर किनबेच भएको हो।

बुधबार ८१ कम्पनीको सेयर मूल्य बढेको छ भने १६१ वटाको घटेको छ। यस्तै, ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

यसदिन सामुदायिक लघुवित्त र बुद्धभूमि हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ। उक्त कम्पनीहरूको प्रतिकित्ता मूल्य क्रमशः एक हजार २९४ रूपैयाँ र ६७१ रूपैयाँ कायम भएको छ।

मानुषी लघुवित्तको मूल्य सर्वाधिक ८.०५ प्रतिशतले घटेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ३६० रूपैयाँ कायम भएको छ। यस्तै, मध्य भोटेकोशी जलविद्युतको मूल्य ६.६४ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ३०८ रूपैयाँमा झरेको छ।

बुधबार नेरुडे मिर्मिरे लघुवित्तको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता ७९० रूपैयाँमा २४ करोड ४२ लाखको सेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ०.९८ प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा पोखरा फाइनान्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ६९० रूपैयाँमा २१ करोड १२ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये चार समूहको बढेको छ भने बाँकी नौ समूहको परिसूचक घटेको छ। यसदिन बैंकिङ समूहको परिसूचक सर्वाधिक ४.२३ प्रतिशतले बढेको छ भने वित्त समूहको परिसूचक सर्वाधिक १.३४ प्रतिशतले घटेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार