अधिकांश इन्टरनेट सेवा प्रदायकमा समस्या, आज बिहानैदेखि स्पीड कम हुँदा सेवाग्राही मर्कामा

  • BFIS News
  • 2024 May Fri 15:14
अधिकांश इन्टरनेट सेवा प्रदायकमा समस्या, आज बिहानैदेखि स्पीड कम हुँदा सेवाग्राही मर्कामा

काठमाडौं । नेपालका अधिकांश इन्टरनेट सेवा प्रदायकमा समस्या आएको छ। प्रयोगकर्ताले आज बिहानदेखि नै स्पीड स्लोको समस्या भोगिरहेका छन्।

वर्ल्डलिङ्क, भायानेटलगायतका इन्टरनेट सेवाप्रदायक कम्पनीको सेवा प्रभावित भएको छ।

भायानेटले र वर्ल्डलिङ्कले अपस्ट्रिम नेटवर्कमा समस्या देखिएको भन्दै सुधारको प्रयास जारी रहेको बताएका छन्। सेवा प्रदायकहरुले असुविधाका लागि माफीसमेत मागेका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया