Nepal Life

आइएमई लाइफ प्रवेश गरेको ६ महिनामै एमडिआरटी बनेकी गिता तिमल्सिना कम्पनीका सम्पुर्ण स्किम जित्न सफल

Global Ime detail Page
  • प्रभात कुईकेल
  • 2024 May Sun 14:42
आइएमई लाइफ प्रवेश गरेको ६ महिनामै एमडिआरटी बनेकी गिता तिमल्सिना कम्पनीका सम्पुर्ण स्किम जित्न सफल
Shikhar detail

काठमाडौं । नेपालटारमा १६/१७ वर्षदेखि बुटिक सञ्चालन गर्दै आइरहेकी गिता तिमल्सिनालाई आज भन्दा तीन वर्ष अगाडी एक जना आफन्तबाट जीवन बीमा अभिकर्ताको लागि प्रस्ताव आयो । जवकी यतिवेलासम्म उनलाई अभिकर्ताको विषयमा केहि पनि थाहा थिएन ।

NIMB

उनको सबैसँग राम्रो बोल्ने तथा घुलमिल हुने स्वभावलाई हेरेरै उनको नजिकको एक जना भाउजुले आइएमई लाइफबाट अभिकर्ताको काम गर्न प्रत्साहित गरिन् । भाउजुको प्रस्ताव उनलाई मन पर्यो र आज भन्दा तीन वर्ष अगाडी २०७७ सालमा आइएमई लाइफबाट अभिकर्ताको लाइसेन्स लिइन् ।  

नेपालटारमा मात्रै १६ वर्षभन्दा लामो समयदेखि ‘सलोनी कपडा पसल ए वन बुटिक’ सञ्चालन गर्दा उनको धेरै जना सँग एकदमै राम्रो सम्बन्ध बनिसकेको थियो । यसरी बुटिकबाट दिएको सुविधा सँगै बनेको सम्बन्धले गितालाई ‘आइएमई लाइफ इन्स्योरेन्स कम्पनी’ प्रवेश गरेको ६ महिनामै एमडिआरटी बनायो ।

२०७७ सालको माघमा अभिकर्ताको काम सुरु गरेकी गिताले असारसम्ममा कम्पनीको दिएको टार्गेट पुरा गरेर स्कुटर जितिन् । यसले उनलाई अभिकर्ता पेशा प्रति थप आकर्षित बनायो । निरन्तरको लगाव र मिहिनेतले उनि सन् २०२२ र २०२३ मा लगातार दुई पटक एमडिआरटी बनिन् । सन् २०२४ का लागि भने उनलाई अलि गाह्रो पर्यो तर सन् २०२५ का लागि उनि एमडिआरटीको लक्ष्य नजिक पुगिसकेकी छिन् । यहि हिसावले अगाडी बढियो भने सिओटीसम्म बन्ने उनको लक्ष्य छ ।

यसका लागि कम्पनीको नेपालटार शाखा कार्यालय तथा शाखा प्रमुख मदन खतिवडाबाट पनि ठुलो सहयोग प्राप्त भएको उनि बताउछन् । जीवन बीमा अभिकर्ता पेशा एकदमै कठिन पेशाको रुपमा चिनिन्छ । तर यस्तो कठिन पेशालाई पनि उनले सहज रुपमा स्वीकार गर्दै बीमाको विषयमा सबैलाई बुझाउने सिकाउने र यसका फाइदाको बारेमा भन्ने गरेकी छिन् । यस क्रममा उनले बुटिकमा भन्दा धेरै बीमामा ध्यान दिनु पर्छ । यस क्रममा उनले बुटिकमा ४/५ जना कर्मचारी राखेकी छिन् ।

कोभिड पछि ब्यापार व्यवसाय सुस्त छ । सुस्ताएको व्यापार व्यवसायको वैकल्पिक उपायका रुपमा उनले अभिकर्ता पेशालाई सबैभन्दा धेरै उपयोग गर्न सफल भइन् । परिणाम स्वरुप गिताले अहिलेसम्म १३० जना भन्दा धेरैको बीमा गरिसकेकी छिन् ।

स्थायी घर नुवाकोट भए पनि उनको अध्ययन काठमाडौंमै भयो । श्रीमान वैदेशिक रोजगारमा गए पछि छोराछोरीको शिक्षादेखि लालनपालनसम्मको सम्पुर्ण जिम्मेवारी बहन गर्नु पर्यो । बुटिक सञ्चालन गरेर घर परिवार धान्दै आएकी उनले आइएमई लाइफमा अभिकर्ता पेशा सुरु गरे सँगै कुनै पनि आर्थिक समस्या भोग्नु परेको छैन । एउटी छोरी अध्ययनका लागि अष्ट्रेलियामा छिन् भने एक छोरी र छोरा अध्ययन गरिरहेका छन् ।

बीमा जोखिम र बचत दुबै हिसावले सबैभन्दा उपयुक्त माध्यम भएको उनि बताउछन् । यहि कारणले गर्दा उनले अभिकर्ता पेशाबाट आर्जन भएको अधिकाम्स रकम आफ्नै परिवारका सदश्यको बीमामा खर्चिएकी छिन् । बुटिक सञ्चालन गरेर पनि उनको एकदमै राम्रो आम्दानी हुन्छ त्यसमा पनि श्रीमान वैदेशिक रोजगारमा गएकाले उनले काठमाडौंमै घर घडेरी जोडिसकेकी छिन् । यसले गर्दा उनिले बीमाबाट आम्दानी भएको अधिकाम्स रकम बीमामै सुरक्षित गरेकी हुन् ।

आइएमई लाइफमा जोडिएको तीन वर्षको अवधिमा उनले कम्पनीले जारी गरेका कुनै पनि स्किम नजितेको पल छैन । उनलाई कम्पनीले विगत तीन वर्षदेखि लिडर्स लाइफ अवार्डबाट सम्मान समेत गर्दै आइरहेको छ । सन् २०२३ भने उनका लागि खासै उत्साहजनक भएन । सबै जनाले आर्थिक समस्या देखाउदा उनलाई केहि निरास पनि लाग्यो । तर आफ्नो प्रयासलाई जारी राखिन् र यस वर्ष उनले गएको वर्षको भन्दा धेरै राम्रो काम गरिरहेकी छिन् ।

बुटिक सञ्चालन गरेको धेरै लामो समय भएकाले पनि उनलाई सम्झेर धेरै ग्राहकहरु आउने गर्छन् । यस क्रममा उनले ग्राहकहरुलाई नै सबैभन्दा पहिला बीमाको प्रस्ताव राख्छिन् । सबै प्रस्ताव सकारात्मक हुँदैनन् । कतिपयले कमिशनका लागि काम गरेको भन्दै आलोचना पनि गर्छन् । तर आफुलाई आलोचना गर्ने सबैलाई यति मज्जाले कन्भिन्स गर्न सफल हुन्छिन् कि बीमा पोलिसी नै खरिद गर्न तयार हुन्छन् । यहि स्किलले गर्दा नै यति छोटो समयमै उनलाई सफल अभिकर्ताको रुपमा परिचित गराएको छ ।

कतिपयले त उनलाई पोलिसी फिर्ता गर्न समेत दवाव दिए । उनले भनिन् ‘बीमा गर्दा अनेकौ समस्या झेल्नु पर्छ । तर मैले सबैलाई कन्फिन्स गराउन सकिरहेकी छु । बीमा गराउदा हुने फाइदादेखि लिएर बुढेकालको सहारासम्मका कुराहरु भनिसके पछि उहाँहरु मान्नु हुन्छ ।’

पछिल्ला दिनमा मानिसहरुले बीमालाई बुझ्दै बुझ्दै गइरहेको उनको अनुभव छ । उनले भनिन् ‘नेपाल बीमा प्राधिकरणले अभिकर्ता बन्न परीक्षा दिनु पर्ने तथा आफ्नै ५ लाखको बीमा गराउन पनि लाइसेन्स लिने प्रवृत्तीलाई रोक्न लिएका कदमले राम्रो वातावरण तयार भएको छ ।’ आगामी दिनमा पनि अझ राम्रो सँग काम गर्दै जाने र निरन्तरता दिने उनको योजना छ । 

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया