Nepal Life

शेयर बजार मैत्री बजेट नआउने संकाले शेयर बजारमा गिरावट, हल्ला गरेर बढाउनेले नै गरे नाफा बुक

Global Ime detail Page
  • BFIS News
  • 2024 May Sun 15:09
शेयर बजार मैत्री बजेट नआउने संकाले शेयर बजारमा गिरावट, हल्ला गरेर बढाउनेले नै गरे नाफा बुक
Sanima Reliance

काठमाडौं । बजेट भाषण हुनु भन्दा दुई दिन अगाडी शेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । गत साता बजार मैत्री बजेट आउने हल्ला चलाएर बजार उचालेका लगानीकर्ताले आज भने बजार मैत्री बजेट नआउने हल्ला गर्दै नाफा बुक गरेका छन् । यस विचमा ठुला लगानीकर्ताले राम्रो नाफा बुक गर्न भ्याएका छन् । 

NIMB

आइतबार यस्तै हल्लै हल्लाका विचमा नेप्से सूचक २२.१४ अंकले घटेको छ । गत साता राम्रो सुधार देखिएको शेयर बजारमा आइतबार एकाएक लगानीकर्ताले नाफा बुक गर्दा २१०९ अंकमा झरेको छ । सूचकमा गिरावट आउदा कारोबार रकम ४ अर्ब ४४ करोडको भएको छ । पछिल्ला दिनमा कारोबार बढ्दा ठुला लगानीकर्ताले नाफा बुक गर्ने ट्रेण्ड देख्न सकिन्छ । 

२१५ वटा कम्पनीको शेयर मूल्य घट्दा २९ वटाको भने सुधार भएको छ । कालिञ्चोक दर्शनको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक धेरै आइएमई लाइफको कारोबार भएको छ ।

लगानीकर्ताले हिजो संयुक्त रुपमा प्रेश विज्ञप्ती जारी गर्दै पूँजीगत लाभकर घटाउन सरकारलाई दवाव दिएका थिए । बजेटमा पूँजीगत लाभकरमा केहि चलखेल हुने संकेत पाए सँगै लगानीकर्ताहरुले हिजो संयुक्त रुपमा प्रेश विज्ञप्ती जारी गर्दै चेतावनी दिएका थिए । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया