Nepal Life

बाणिज्य बैंकको शेयर बेचेर फेरि ‘लो क्याप’का कम्पनीमा फर्किए लगानीकर्ता, २२ सयको अवरोध थप स्ट्रङ

Global Ime detail Page
  • BFIS News
  • 2024 May Mon 15:17
बाणिज्य बैंकको शेयर बेचेर फेरि ‘लो क्याप’का कम्पनीमा फर्किए लगानीकर्ता, २२ सयको अवरोध थप स्ट्रङ
Sanima Reliance

काठमाडौं । ओभर क्यापिटलाइज भएका बाणिज्य बैंकको शेयर बढाएर नेप्से सूचक बढाउने लगानीकर्ताको प्रयास असफल भएको छ । मौद्रिक समिक्षा पछि लगानीकर्ताले बाणिज्य बैंकहरुको शेयर बढाउन खोजेका थिए । यस विचमा नेटवर्थ हाराहारीका बाणिज्य बैंकको शेयर अण्डर भ्यालु रहेको भन्दै लगानीकर्ताहरुले बाणिज्य बैंकमा लगानी बढाए ।

NIMB

पछिल्लो एक महिनाको अवधिमा बाणिज्य बैंकको सूचक १०१४ अंकबाट ११९२ अंकसम्म पुग्यो । यस विचमा बाणिज्य बैंकको सूचक १७८ अंकले बढ्दा प्रत्येक बाणिज्य बैंकको शेयर मूल्यमा राम्रो सुधार देखियो । छोटो अवधिमा देखिएको सुधारलाई मौका छोप्दै लगानीकर्ताले नाफा बुक गर्दा यसको असर नेप्से सूचकमै असर पारेको छ ।   

विगत २ वर्षदेखि १८ सयदेखि २२ अंकको विचमा घुमिरहेको बजारलाई यस परिघटनाले २२ सयको अवरोधलाई थप स्ट्रङ बनाएको छ । बाणिज्य बैंकको शेयर मूल्य कमजोर हुँदा नेप्से सूचकमा सुधार नभए पनि अन्य परिसूचक अन्तर्गतका कम्पनीको शेयर मूल्यमा भने एकदमै राम्रो सुधार भइसकेको छ । विश्लेषकहरुका अनुसार यदि बाणिज्य बैंकको शेयर मूल्य पनि अन्य सूचकका कम्पनीको जस्तै बृद्धि भएको भए अहिले शेयर बजार धेरै माथि पुगिसकेको हुने थियो ।

सूचीकृत कम्पनीहरुको पूँजीलाई हेर्ने हो भने अझै पनि बाणिज्य बैंकको सर्वाधिक धेरै ४० प्रतिशत हाराहारी छ । ४० प्रतिशत बजार हिस्सा भएको बाणिज्य बैंकको सूचक तल झर्दा यसको रिकभर पनि अन्य सूचकका कम्पनीले बहन गर्नु पर्ने भएकाले नेप्से सूचकमा उत्साहजनक सुधार नदेखिएको विश्लेषकहरु बताउछन् ।

यहि अवस्थाका कारण सोमबार बाणिज्य बैंकको सूचकमा ८.७७ अंकको गिरावट देखियो भने अन्य सूचकहरु विकास बैंक, फाइनान्स, बीमा, इन्भेष्टमेन्टको सूचकमा सुधार देखियो । यसले गर्दा नेप्से सूचकमा ३.३९ अंकले सुधार देखिएको छ ।

सोमबार नेप्से सूचकमा तिव्र उतारचढाव देखिएको छ । भोलि सार्वजनिक हुने बजेट भाषणले शेयर बजारमा कस्तो असर पार्ने हो भन्ने  अन्योलताका कारण बजारमा ठुलो संशय पैदा भएको नेपाल इन्भेष्टर फोरमका अध्यक्ष तुलसीराम ढकालले बताए । यदि बजेटले शेयर बजारदेखि लिएर समग्र अर्थतन्त्रलाई सुधार गर्ने देखियो भने बुधबार शेयर बजारमा एकदमै राम्रो सुधार हुने उनको विश्लेषण छ । आज तीन अर्ब ३८ करोडको कारोबार भएको छ । मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयर हाउस र कालिञ्चोक दर्शनको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसबाट पनि पुष्टी हुन्छ लगानीकर्ताहरु बाणिज्य बैंकको शेयर बिक्री गरेर पुनः लो क्यापका कम्पनीमा फर्किएका छन् ।

बाणिज्य बैंकको शेयर उचालिन अहिले विद्यमान लगानीकर्ताले कारोबार गरेर नपुग्ने विश्लेषकहरु बताउछन् । यसका लागि नेपाल राष्ट्र बैंकले शेयरधितो कर्जामा लगाएको क्याप हटाउनु पर्छ । साथै संस्थागत लगानीकर्ताहरुलाई शेयर खरिद बिक्री गर्न लगाएको अवरोध हटाउनु पर्छ । अहिलेपनि राष्ट्र बैंकले बाणिज्य बैंकको शेयरमा लगानी गर्न रोक लगाउदै आएको छ । दोस्रो बाजारमा बाणिज्य बैंकहरुले र ठुला लगानीकर्ताले कारोबार गर्न पाउने हो भने मात्रै अहिलेको बाणिज्य बैंकको ओभर सप्लाइ धान्न सक्ने विश्लेषकहरु बताउछन् ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया