Nepal Life

युनिलिभरको पूँजी बढाउने संकेत, अधिकृत पूँजी ३० करोडबाट २ अर्ब १४ करोड पुर्यायो

Global Ime detail Page
  • BFIS News
  • 2024 May Tue 05:56
युनिलिभरको पूँजी बढाउने संकेत, अधिकृत पूँजी ३० करोडबाट २ अर्ब १४ करोड पुर्यायो
Sanima Reliance

काठमाडौं । युनिलिभर नेपालले चुक्ता पूँजी बढाउने संकेत देखाएको छ । कम्पनीले आफ्नो प्रवन्धपत्र संशोधन गर्दै अधिकृत पूँजी ३० करोडबाट २ अर्ब १४ करोड पुर्याएको छ ।

NIMB

प्रति शेयर १०० रुपैयाँको दरले २ करोड १४ लाख शेयरहरुमा विभाजन गरेको छ । उक्त शेयरहरु प्रिफरेन्स वा साधारण शेयरहरुमा र शर्त वा उपबन्धन सहित वा रहित विभिन्न किसिमका शेयरहरुमा विभाजन गर्न सकिने व्यवस्था गरेको छ ।

हाल युनिलिभरको चुक्ता पूँजी ९ करोड २० लाख ७० हजार रहेको छ । चुक्ता पूँजी एकदमै कम भएकाले कम्पनीको प्रतिशेयर आम्दानी आकर्षक देखिने गरेको छ । कम्पनीले हरेक वर्ष आकर्षक नगद लाभांश दिदै आएको छ । गत वर्षको मुनाफाबाट कम्पनीले अहिलेसम्मकै सर्वाधिक धेरै १५८० प्रतिशत नगद लाभांश वितरण गर्यो । यहि कारण दोस्रो बजारमा पनि कम्पनीको शेयर मूल्य सर्वाधिक धेरै रहदै आएको छ । अहिले नै कम्पनीको बजार मूल्य ३९ हजार ३५१ रुपैयाँ रहेको छ । एक वर्षको अवधिमा कम्पनीको शेयर मूल्य ४५ हजार १५१ रुपैयाँसम्म पुग्यो र सबैभन्दा तल २९ हजार रुपैयाँसम्म झर्यो ।

कम्पनीले अधिकृत पूँजीलाई विभिन्न तरिकाले शेयरमा कन्भर्ट गर्न सकिने व्यवस्था गरेको छ । यदि बोनस शेयर दियो भने कम्पनीको प्रतिशेयर आम्दानीमा भने गिरावट आउने निश्चित छ । तर कम्पनीको शेयर सप्लाइ भने बढ्नेछ । आजका दिनमा कम्पनीको शेयर दोस्रो बजारमा एकदमै कम मात्रै कारोबार हुन्छ । सप्लाइ नभएकै कारण कम्पनीको शेयर मूल्य सधै उच्च हुने गरेको हो । यदि बोनस शेयर दियो भने कम्पनीको अहिलेको मूल्य भने कायम रहन सक्दैन । बजार तल झरेको समयमा सप्लाइ आउने र मूल्यमा चरम गिरावट आउन सक्ने सम्भावना रहन्छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया