Nepal Life

बजेटले शेयर बजारलाई यथास्थानमा छाडिदिएकाले अव आफ्नै गतिमा अगाडी बढ्छ: इन्भेष्टर फोरमका अध्यक्ष ढकाल

Global Ime detail Page
  • BFIS News
  • 2024 May Tue 20:55
बजेटले शेयर बजारलाई यथास्थानमा छाडिदिएकाले अव आफ्नै गतिमा अगाडी बढ्छ: इन्भेष्टर फोरमका अध्यक्ष ढकाल
Sanima Reliance

काठमाडौं । नेपाल इन्भेष्टर फोरमका अध्यक्ष तुलसीराम ढकालले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा पूँजी बजार सम्बन्धी सम्पुर्ण व्यवस्थालाई यथास्थानमै छाडिदिएकाले कुनै पनि असर नपुर्याउने दाबी गरेका छन् ।

NIMB

लगानीकर्ताले राख्दै आएका मागको संबोधन नभए पनि थप करका दरहरुमा हेरफेर नभएकाले लगानीकर्ताहरु आत्तीनु पर्ने अवस्था नरहेको उनले प्रष्ट पारेका छन् । नेपाल इन्भेष्टर फोरम सहित लगानीकर्ताका संघ संघठनले पूँजीगत लाभकर अल्पकालिन लगानीकर्ताका लागि साढे ७ प्रतिशतबाट ५ प्रतिशतमा र दीर्घकालिन लगानीकर्ताको लागि साढे ५ प्रतिशतबाट ३ प्रतिशतमा झार्नु पर्ने माग राखेका थिए । तर आर्थिक विधेयकमा पूँजीगत लाभकर सम्बन्धी कुनै पनि परिवर्तन भएको छैन ।

अर्को तर्फ लगानीकर्ताहरुले बजेटमै पूँजीगत लाभकरलाई अन्तिम करको रुपमा व्याख्या गरिनुपर्ने माग राखेका थिए । सरकारले गएको वर्षमै पूँजीगत लाभकर अन्तिम कर हो भनेर स्पष्ट पारिसकेकाले यसमा कुनै पनि द्विविधा नराख्न समेत अध्यक्ष ढकालले आम लगानीकर्तालाई अनुरोध गरेका छन् ।

बजेटमा पुँजी बजारका लगानीकर्ताको लगानी र हित संरक्षण गर्न धितोपत्र बोर्ड नेपालको संस्थागत सुदृढीकरण गरिने उल्लेख गरेको छ। साथै नेपाल स्टक एक्सचेञ्‍ज लिमिटेड र सिडिएस एण्ड क्लियरिङ् लिमिटेडको संरचनागत सुधार  गर्ने जनाएको छ । वस्तु विनिमय बजारको सञ्‍चालन गर्न कानूनी र संस्थागत व्यवस्था मिलाइने भनिएको छ । निश्चित रकम भन्दा बढी पुँजी भएका कम्पनीलाई अनिवार्य  रूपमा धितोपत्र बजारमा सूचीकरण हुनुपर्ने व्यवस्था गरिने कुराहरु समग्रमा स्वागत योग्य नै रहेको ढकालले बताए ।

यि सबै कुराहरुले अव पूँजी बजार आफ्नै गतिमा अगाडी बढ्ने उनको विश्लेषण छ । उनले भने ‘केहि दिनदेखि बजारमा ४० लाख भन्दा माथिको आम्दानीमा ३९ प्रतिशतसम्म कर लगाउने तयारी भन्ने खालका हल्लाले पूँजी बजारलाई एकदमै द्विविधा बनाएको थियो । कम्तिमा पनि हिजोकै व्यवस्थाहरु यथावत हुने भन्ने कुराले ढुक्कका साथ लगानी गर्ने वातावरण बनेको छ ।’

उनले थपे ‘कुनै पनि करकालाई नछोइसकेको अवस्थामा यसलाई स्वभाविक नै मान्नु पर्छ ।’ गएको वर्ष सरकारले करका विषयमा धेरै कुराहरु तलमाथि पार्दा लामो समय लगानीकर्ताहरु आन्दोलनमा उत्रिनु परेको थियो । तर यस वर्ष लगानीकर्ताले कुनै पनि आन्दोलन तथा विरोध गर्नु पर्ने अवस्था नआएको हुँदा सबैलाई आफ्नै हिसावले कारोबार गर्न आम लगानीकर्तालाई अनुरोध समेत गरेका छन् । उनले सरकारले बजेट निर्माणका क्रममा अपनाएको मध्यमार्गी बाटोलाई स्वागत गरेका छन् ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया