Nepal Life

बजेट प्रतिक्रिया, आइपिओ सम्बन्धी नयाँ व्यवस्थाले शेयर फराकिलो बनाउछ: तारा फुलेल

NMB Bank
  • BFIS News
  • 2024 May 28 21:29
बजेट प्रतिक्रिया, आइपिओ सम्बन्धी नयाँ व्यवस्थाले शेयर फराकिलो बनाउछ: तारा फुलेल
National Life

काठमाडौं । शेयर लगानीकर्ता संघका कार्यवाहाक अध्यक्ष तारा फुलेलले आगामी आर्थिक वर्षको बजेटले शेयर बजारलाई फराकिलो बनाउने प्रतिक्रिया दिएका छन् । 

Shikhar
NIMB

आर्थिक वर्ष २०८१/०८२ को लागि प्रस्तुत भएको बजेटमा नेप्सेको पुनर्संरचना गर्ने घोषणा गरिएको हुँदा केहि आाशा गर्ने अवस्था रहेको उनले बताए ।

लगानीकर्ताहरुले नेप्सेबाट विदेशी रणनीतिक साझेदार, स्वदेशका उद्योगी व्यवसायी तथा सर्वसाधारणमा सेयर जारी गरी पुर्नसंरचना गर्नुपर्ने सुझाव दिए अनुसार बजेटमा सम्बोधन गरिएको भन्दै उनले बजेटलाई स्वागत गरेका छन् । उनले भने 'त्यस्तै धितोपत्र बोर्डको संस्थागत सुदृढीकरण गरिने, सीडीएससीको संरचनागत सुधार गरिने विषय समेत बजेटमा आएको हुँदा राम्रो मान्नु पर्छ ।'  

निश्चित रकमभन्दा बढी पूँजी भएका कम्पनीलाई अनिवार्य रुपमा सूचीकरण गरिने व्यवस्था भएमा पूँजी बजारको दायरा फराकिलो हुने उनले प्रतिक्रिया दिए । 

बजेटमा विद्युत प्रसारणलाइनका जग्गाधनीलाई आयोजनाबाट प्रभावित नागरिकसरह सेयर दिइने व्यवस्था मिलाइने भनिएको छ । त्यस्तै एनआरएन डेभलपमेन्ट फन्ड उपयोग गरी लगानीका लागि थप प्रोत्साहन गरिने भन्ने कुराले पनि बजारको दयरा थप फराकिलो हुने उनको भनाइ छ । विभिन्न सम्झौतित कोषको रकम प्राइभेट इक्विटी फन्ड र भेन्चर क्यापिटल फन्डका धितोपत्र इकाइमा लगाइने व्यवस्था मिलाउने व्यवस्था पनि बजारका लागि सकारात्मक रहेको उनले बताए । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार