Nepal Life

अर्थमन्त्री प्रतिको आशा टुङ्गियो अव बजार आफ्नै लयमा अगाडी बढ्छ: राधा पोखरेल

NMB Bank
  • BFIS News
  • 2024 May 28 22:08
अर्थमन्त्री प्रतिको आशा टुङ्गियो अव बजार आफ्नै लयमा अगाडी बढ्छ: राधा पोखरेल
National Life

काठमाडौं । बजेटमा यस वर्ष पनि गएका वर्षमा झै पूँजी बजारका लगानीकर्ताको हक हित संरक्षणका लागि नेपाल स्टक एक्सचेन्ज, नेपाल धितोपत्र बोर्ड, सिडिएससीको संरचनात्मक सुधार गर्ने भन्ने कुराहरुको पुनरागमन भएको नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले प्रतिक्रिया दिएकी छिन् ।

Shikhar
NIMB

उनले भनिन् ‘यस भन्दा अगाडीका बजेटमा हेर्यो भने पनि उहि वाक्यांश देख्न सकिन्छ । त्यसैले तात्वीक फरक केहि पनि छैन ।’उनले थपिन् ‘बजेटले नराम्रो गर्ने कुराहरु केहि छैन साथै राम्रो गर्ने कुराहरु पनि छैन ।’

लगानीकर्ताहरुले अर्थमन्त्री वर्षमान पुनसँग पूँजी बजार सुधारका लागि अपेक्षा गर्दै आइरहेका थिए । जसरी अर्थमन्त्रीले कार्यकालको सुरुमै पूँजी बजारको सुधारका लागि सुझावहरु आह्वान गरेका थिए सो अनुसार उनी समक्ष लगानीकर्ताहरुले पनि राम्रै अपेक्षा गरेका थिए ।

बजेट तथा आर्थिक विधेयकमा कुनै पनि कुराहरु नसमेटिए सँगै अर्थमन्त्री सँगको आशा पनि टुङ्गिएको पोखरेलले बताइन् । उनले भनिन् ‘अर्थमन्त्री ज्यू सुरुवाति दिनमा जुन किसिमले उदार देखिनु भएको थियो त्यहि हिसावले हामीले उहाँ सँग ठुलो अपेक्षा गरेका थियौ । उहाँले मौद्रिक नीतिमा गभर्नरलाई हस्तक्षेप गर्न नसक्नु भए पनि वित्तीय नीति मार्फत केहि सुधार गर्नु हुन्छ कि भन्ने लागेको थियो अव त्यो आशा पनि रहेन ।’

यसले गर्दा अवका दिनमा बजार आफ्नै लयमा अगाडी बढ्ने उनको विश्लेषण रहेको छ । उनले थपिन् ‘नीतिगत परिवर्तनका कारणले बजार तल माथि हुने देखिएन ।’

बजारको वियरिस ट्रेण्ड सकिएकाले अव बजारले आफ्नो लय पक्रिने उनको तर्क छ । अहिलेको बजेटमा लगानीकर्ताले अलि धेरै नै अपेक्षा गरेको उनले दोहोर्याइन् । बजार प्रति सकारात्मक देखिएका अर्थमन्त्रीले लगानीकर्ताको हितमा केहि न केहि गर्छन् भन्ने नै थियो तर त्यो नभएको उनले बताइन् ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार