Nepal Life

अर्थमन्त्री पुन सँगको आशा टुङ्गिए सँगै शेयर बजारमा गिरावट, सूचक घटे पनि कारोबार रकम बढ्यो

Global Ime detail Page
  • BFIS News
  • 2024 May Wed 15:11
अर्थमन्त्री पुन सँगको आशा टुङ्गिए सँगै शेयर बजारमा गिरावट, सूचक घटे पनि कारोबार रकम बढ्यो
Sanima Reliance

काठमाडौं । लगानीकर्ताले अर्थमन्त्री वर्षमान पुन सँग बजेट मार्फत ठुलो आशा राखेका थिए । तर पुनले बजेट मार्फत लगानीकर्ताका कुनै पनि माग पुरा नगरिदिदा निरास भएका छन् । परिणाम स्वरुप बुधबार नेप्से सूचक २३.८१ अंकले घटेको छ । 

NIMB

अर्थमन्त्री वर्षमान पुनले अर्थमन्त्रीमा नियुक्त हुने वित्तीकै नेपाल धितोपत्र बोर्ड मार्फत लगानीकर्ताहरु सँग पूँजी बजार सुधार सम्बन्धी सुझावहरु आह्वान गरेका थिए । लगानीकर्ताहरुले लाभकरदेखि लिएर विभिन्न सुझाव पेश गरेका थिए । तर राजश्व संकलनको दवावमा रहेका अर्थमन्त्री पुनले दर घटाउन चाहेनन् । 

बुधबार नेप्सेसूचक घटे पनि कारोबार रकम भने ४ अर्ब ५७ करोड नाघेको छ । नेप्से सूचक २१ सय माथि उक्लिएकोमा आज २०८९.४२ अंकमा झरेको छ । १९१ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आउदा ५६ वटा कम्पनीको शेयर मूल्यमा भने सुधार देखिएको छ । फाइनान्स, होटल, व्यापार र उत्पादन तथा प्रशोधनमुलक कम्पनीको सूचक बढेको छ भने अन्य सूचक तल झरेका छन् । आज सबैभन्दा धेरै बाणिज्य बैंकको सूचकमा गिरावट आएको छ । यसले गर्दा समग्र शेयर बजार नै तल झरेको हो । 

लगानीकर्ताहरुले करका दरहरु परिवर्तन नहुनु पनि सुखद नै रहेको प्रतिक्रिया दिएका छन् । जसरी बजेट आउनु भन्दा अगाडी सकारात्मक बजेट आउने हल्लाले शेयर बजार बढाइएको थियो बजेट आए सँगै बजारले पुनः आफ्नै गति पक्रिएको विश्लेषकहरु बताउछन् । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया