Nepal Life

बजेट पछि ४३ अंकले घट्यो शेयर बजार, बैंकको नोक्सान फाइनान्स र हाइड्रोपावरबाट परिपुर्ती गर्दै

Global Ime detail Page
  • BFIS News
  • 2024 May Thu 15:18
बजेट पछि ४३ अंकले घट्यो शेयर बजार, बैंकको नोक्सान फाइनान्स र हाइड्रोपावरबाट परिपुर्ती गर्दै
Sanima Reliance

काठमाडौं । बजेट पछि ४३ अंकले घटेको शेयर बजारमा सबैभन्दा धेरै बैंकका शेयरधनीहरुले गुमाएका छन् । बजेट अगाडी बाणिज्य बैंकको शेयर उचाल्न खोज्दा अहिले सोहि बाणिज्य बैंकमा आएको करेक्सनले शेयर बजार तल झरिरहेको छ । 

NIMB

बाणिज्य बैंक र विकास बैंकमा करेक्सन आए पनि फाइनान्स र हाइड्रोपावरका शेयरधनीहरुले उक्त घाटालाई परिपुर्ती गरिरहेका छन् । लगानीकर्ताहरु अहिले लोक क्यापका फाइनान्स र हाइड्रोपावरका शेयरमा केन्द्रित छन् ।

साताको अन्तिम कारोबार दिनमा नेप्से सूचक १९.८९ अंकले घटेको छ । नेप्से सूचक घटेर २०६९.५३ अंकमा झर्दा कारोबार रकम ४ अर्ब २१ करोड माथि छ । ७० वटा कम्पनीको शेयर मूल्यमा सुधार आउदा १७३ वटा कम्पनीको शेयर मूल्य तल झरेको छ । यति हुँदा पनि आज ५ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । 

लगानीकर्ताले अर्थमन्त्री वर्षमान पुन सँग बजेट मार्फत ठुलो अपेक्षा राखेका थिए । तर अर्थमन्त्री पुनले लगानीकर्ताको अपेक्षालाई लत्याउदै शेयर बजारका कुनै पनि मागलाई संबोधन गरेनन् । 

जसरी बजेट भन्दा अगाडी सकारात्मक बजेट आउने हल्ला चलाएर बजार बढाइएको थियो अहिले सोहि अनुपातमा बजार तल झरिरहेको छ । यसरी बजार घट्दा सबैभन्दा धेरै बाणिज्य बैंकका शेयरधनीहरुलाई असर पुर्याएको छ । यद्यमी फाइनान्स, हाइड्रोपार, इन्भेष्टमेन्ट तथा लगानी क्षेत्रका कम्पनीको शेयरमा उछाल आएको छ । सँग सँगै कारोबार रकम पनि लगातार बढिरहेको छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया