Nepal Life

पूँजी बढाउने संकेत सँगै दुई दिनमै युनिलिभरको शेयर मूल्य ८ हजारले बढ्यो, एक कित्ताकै ४७ हजार ४०० पुग्यो

Global Ime detail Page
  • BFIS News
  • 2024 May Thu 18:58
पूँजी बढाउने संकेत सँगै दुई दिनमै युनिलिभरको शेयर मूल्य ८ हजारले बढ्यो, एक कित्ताकै ४७ हजार ४०० पुग्यो
Shikhar detail

काठमाडौं । युनिलिभर नेपालले पूँजी बढाउने संकेत सँगै दोस्रो बजारमा कम्पनीको शेयर मूल्य दुई कारोबार दिनमै प्रति कित्ता ८ हजार रुपैयाँले बढेको छ । यस सँगै कम्पनीको शेयर मूल्य अहिलेसम्मकै सर्वाधिक धेरै ४७ हजार ४०० रुपैयाँ पुगेको छ ।

NIMB

कम्पनीले केहि दिन अगाडी मात्रै आफ्नो प्रवन्धपत्र संशोधन गर्दै अधिकृत पूँजी ३० करोडबाट २ अर्ब १४ करोड पुर्याएको थियो । यो सूचना बाहिरिए सँगै दुई कारोबार दिन नै सकारत्मक सर्किट लागेको हो ।

कम्पनीले प्रति शेयर १०० रुपैयाँको दरले २ करोड १४ लाख शेयरहरुमा विभाजन गरेको छ । उक्त शेयरहरु प्रिफरेन्स वा साधारण शेयरहरुमा र शर्त वा उपबन्धन सहित वा रहित विभिन्न किसिमका शेयरहरुमा विभाजन गर्न सकिने व्यवस्था गरेको छ ।

आज बिहीबार मात्रै ७७१ कित्ताको शेयर खरिद बिक्री भयो । शेयर मूल्यमा नयाँ रेकर्ड बन्दै गर्दा कम्पनीको बजार पूँजीकरण पनि ४३ अर्ब ६४ करोड नाघेको छ । हिजो बुधबार पनि कम्पनीको ११ सय कित्ता शेयरखरिद बिक्री भएको थियो ।

विगत एक वर्षको अवधिमा हेर्ने हो भने कम्पनीको शेयर मूल्य न्युनतम हुँदा पनि प्रति कित्ता ३० हजार रुपैयाँ रहेको थियो । कम्पनीले पूँजी बढायो भने बजार अझ धेरै माथि पुग्ने भन्दै लगानीकर्ता कम्पनीको शेयरमा आकर्षित भएका हुन् । यदि कम्पनीले बास्तवमै पूँजी बृद्धि गर्यो भने पूँजी बृद्धि पश्चात कम्पनीको शेयर मूल्यमा भारी गिरावट आउनेछ ।

कम्पनीले सार्वजनिक गरेको पछिल्लो त्रैमाशिक वित्तीय विवरण अनुसार प्रतिशेयर नेटवर्थ ३१६२ रुपैयाँ रहेको छ । चुक्ता पूँजी ९ करोड २१ लाख रुपैयाँ छ । जगेडा कोषमा ४ अर्ब २६ करोड रुपैयाँ छ । ९ महिनाको अवधिमा कम्पनीले ४८ करोड ६१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । यो मुनाफा खासै ठुलो होइन तर चुक्ता पूँजी सँग तुलना गर्दा कम्पनीको प्रतिशेयर आम्दानी भने धेरै देखिएकाले मात्रै आकर्षक देखिएको हो । सूचकमा असाध्यै राम्रो भए पनि अंकका हिसावले यो भन्दा कयौ गुणा मुनाफा गर्ने कम्पनीको शेयर मूल्य २ सय पनि छैन ।

दोस्रो बजारमा कम्पनीको शेयर मूल्य डिम्याण्ड र सप्लाइले निर्धारण गर्छ । युनिलिभरको शेयर पूँजी असाध्यै कम छ त्यसमा पनि दोस्रो बजारमा कारोबार हुने कित्ता धेरै कम छ । हरेक वर्ष आकर्षक लाभांश दिने भएकाले यसका शेयरधनीले कम्पनीको शेयर बिक्री गर्दैनन् । यसले गर्दा सप्लाइ नै छैन भन्दा हुन्छ ।

गएका वर्षमा हिमालयन डिष्ट्रिलरी, बोटलर्स नेपाल, साल्ट ट्रेडिङको शेयर मूल्यमा अत्याधिक उछाल देखिएको थियो । हिमालयन डिष्ट्रिलरीले लगातार पूँजी बढाउदा अहिले खासै धेरै राम्रो मूल्य कायम गर्न सकेको छैन । साल्ट ट्रेडिङले आकर्षक लाभांश नदिए पनि सप्लाइ कम भएकाले दोस्रो बजारमा राम्रो मूल्य रहेको छ ।

यो पनि पढ्नुहोस् 

युनिलिभरको पूँजी बढाउने संकेत, अधिकृत पूँजी ३० करोडबाट २ अर्ब १४ करोड पुर्यायो

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया