Nepal Life

यि हुन् सर्वाधिक महंगा १० कम्पनी, जसले लगानीकर्तालाई बनाए करोडपति

Global Ime detail Page
  • BFIS News
  • 2024 May Thu 22:11
यि हुन् सर्वाधिक महंगा १० कम्पनी, जसले लगानीकर्तालाई बनाए करोडपति
Sanima Reliance

काठमाडौं । शेयर बजार अहिले १९ सयदेखि २२ सयको विचमा घुमिरहेको छ । बजार सर्वाधिक तल्लो विन्दुमा रहदा पनि कम्पनीको शेयर मूल्य एकदमै आकासिएको छ भने कतिपयको शेयर मूल्य तल झरेका छन् । आधार मूल्य एक सय रुपैयाँका कम्पनीको शेयर मूल्य ४७ हजार ४०० रुपैयाँसम्म रहेको छ । जसले लगानीकर्तालाई राता रात करोडपति बनाएका छन् ।  

 

NIMB

दोस्रो बजारमा सर्वाधिक मूल्य कामय गरेका यि कम्पनीहरुले कयौ शेयरधनीलाई मालामाल बनाइसकेका छन् । युनिलिभरको १०० कित्ता शेयर हुनेले हरेक वर्ष १० हजार भन्दा माथि नगद लाभांश पाउछन् । साथै उक्त शेयर बिक्री गर्ने हो भने ४७ लाख भन्दा माथि प्राप्त हुन्छ । युनिलिभरले अहिलेसम्म बोनस शेयर दिएको छैन तर हरेक वर्ष आकर्षक नगद लाभांश भने दिदै आएको छ ।

दोस्रो धेरै शेयर मूल्य रहेको बोटलर्स नेपालका शेयरधनीहरु पनि दोस्रो बजारबाटै करोपति भइसकेका छन् । बोटलर्स नेपाल तराइको प्रति कित्ता १६ हजार ३९९ रुपैयाँ र बोटलर्स नेपाल बालाजुको १३ हजार रुपैयाँ छ । कोकाकोला ब्राण्डको पेय पदार्थ उत्पादन तथा बिक्री वितरण गर्दै आएका यि दुई कम्पनीको आम्दानीमा हामीले हरेक दिन योगदान पुर्याउदै आएका छौ । त्यसैले गर्दा यसको मुनाफा तथा प्रतिशेयर आम्दानी युनिलिभर पछि दोस्रो धेरै छ ।

तेस्रो महंगो शेयर मूल्य रहेको राष्ट्रिय बीमा कम्पनीको व्यवसाय निर्जीवन बीमा कम्पनीहरु मध्ये सर्वाधिक पुच्छारमा छ । तर दोस्रो बजारमा एकदमै कम शेयर सप्लाइ भएकै कारण कम्पनीको शेयर मूल्य प्रति कित्ता १३ हजार २०० रुपैयाँ छ । कुनै समयमा कम्पनीको शेयर मूल्य २५ सय रुपैयाँ भन्दा धेरै थियो ।

त्यस पछिको महंगो शेयरमा साल्ट ट्रेडिक पर्छ । तीन वर्ष अगाडीसम्म कम्पनीको शेयर २०० सय हाराहारीको थियो । दोस्रो बजारमा शेयर सप्लाइ नहुँदा यस कम्पनीले लेखापरीक्षण प्रतिवेदनमा कम्पनीको शेयर मूल्य कायम गर्नका लागि मात्रै खरिद बिक्री हुन्थ्यो । जव कम्पनीका संस्थापक शेयरधनीले आफ्नो स्वामित्वको शेयर बिक्री गरे त्यस पछि कम्पनीको शेयरमा व्यापक चलखेल भयो । त्यस पछिका महंगा कम्पनीहरुमा विशाल बजार, आत्मनिर्भर लघुवित्त, नागरिक लगानी कोष र युनिक नेपाल लवित्त रहेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया