Nepal Life

पेट्रोलियम पदार्थको मूल्य घट्यो, लिटरको कति पुग्यो?

Global Ime detail Page
  • BFIS News
  • 2024 May Fri 22:28
पेट्रोलियम पदार्थको मूल्य घट्यो, लिटरको कति पुग्यो?
Sanima Reliance

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर रु तीन तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर रु एक घटाएको छ ।

निगमद्वारा जारी प्रेस विज्ञप्तिमा आज राति १ बजेदेखि लागू हुने गरी उक्त मूल्य घटाएको जनाएको छ ।

NIMB

घटेपछिको मूल्यमा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा अब पेट्रोलको मूल्य प्रतिलिटर रु १६८ र डिजेल तथा मट्टीतेल प्रतिलिटर रु १५३ रहेको छ ।

दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर रु १६७ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर रु १५२ रहेको छ ।

त्यस्तै, पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६५ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टीतेल प्रतिलिटर १५० रुपैयाँ ५० पैसा पर्नेछ ।

निगमले हवाई इन्धन र एलपी ग्यासको बिक्री मूल्य भने हाललाई यथावत राखेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया