Nepal Life

अर्थतन्त्रका सम्पुर्ण सूचक सकारात्मक हुँदा पनि किन बजारले गति लिन सकिरहेको छैन? यस्तो छ कारण (विश्लेषण)

Global Ime detail Page
  • गोविन्द राज जोशी
  • 2024 Jun Sun 05:22
अर्थतन्त्रका सम्पुर्ण सूचक सकारात्मक हुँदा पनि किन बजारले गति लिन सकिरहेको छैन? यस्तो छ कारण (विश्लेषण)
Sanima Reliance

काठमाडौं । बैंकिङ तरला सहज छ । बैंक व्याजदर घट्दो क्रममा छन् । यति मात्रै होइन अर्थतन्त्रका सबै सूचकहरु त्यति नराम्रा छैनन् तै पनि शेयर बजारले गति लिन नसक्दा लगानीकर्ताहरु चिन्तित छन् ।

NIMB

बजार विश्लेषक शिव चन्द्रका अनुसार ‘नीति निर्माताको शेयर बजार प्रतिको उदासिनता, उधारो कारोबार, अल्पकालिन नाफा बुकिङ र स्टप लस’ ले गर्दा नै बजारले स्पष्ट दिशा लिन सकिरहेको छैन ।

दोस्रो बजारमा भित्री कारोबार मार्फत चुस्त कमाउने अनि सामाजिक सञ्जालन मार्फत भलादमी भएर ठुला गफ हाक्ने लगानीकर्ताहरुले पनि बजारमा नकारात्मक अवस्था सिर्जना गरेको अर्का लगानीकर्ता केदार न्यौपाने बताउछन् ।

सैद्धान्तिक रुपमा धेरै बलिया कम्पनीहरुको शेयर मूल्यमा सुधार देखिदैन । तर कमजोर वित्तीय अवस्थाका कम्पनीको शेयर मूल्य धेरै माथि छ । यसले अल्पकालिन अवधिमा केहि निश्चित लगानीकर्ताले राम्रो पैसा कमाए पनि दीर्घकालमा बजार विश्लेषक शिव चन्द्रले भने जस्तै अल्पकालिन नाफा बुकिङ र स्टप लसको रणनीति धेरै प्रयोग हुन्छ । यसले गर्दा बजार निश्चित विन्दु भन्दा माथि जान नसकेको हो । यदि बजार सुधार हुने हो भने आधारभुत रुपमा बलिया कम्पनीको शेयर मूल्यमा सुधार हुनु पर्छ । तर प्राविधिक विश्लेषकहरुले कम्पनीको आधारभुत पक्षलाई भन्दा पनि सप्लाइ र डिम्याण्डले सिर्जना गर्ने सूचकलाई आधार मानेर खरिद बिक्री गर्ने भएकाले बजारले आम लगानीकर्ताले सोचे अनुरुपको सुधारको लय पक्रिन सकेको छैन ।

सैद्धान्तिक रुपमा बलिया कम्पनीको शेयर सप्लाइ अत्याधिक छ । त्यसमा पनि यि कम्पनीको शेयरमा नेप्से सूचक २८०० देखि ३२०० को विषयमा प्रवेश गरेका लगानीकर्ताहरु फसेर बसेका छन् । यस अवधिको मूल्य काम हुन बजारमा धेरै ठुलो सुधार आउनु पर्छ ।

चार बर्ष पहिले लकडाउनको समय सबै ब्यापार ब्यवसाय ठप्प हुँदा सबैजना सेयर बजारमा केन्द्रीत थिए । सरकारी कर्मचारीदेखि लिएर ठमेलका व्यापारी समेत बजार प्रवेश गरेका थिए । कयौले लकडाउनको समयमा शेयर बजारबाटै राम्रो पैसा कमाउने अवसर पनि पाए । शेयर बजारको रोचक पक्ष कसैले कमाउदै गर्दा अर्को कसैले गुमाउनै पर्छ । बजार बढेको समयमा बिक्री गरेर बाहिरिदै गर्दा अर्को पक्षलेले आएर किनिदिनु पर्छ । यसरी शेयर किनिदिने पक्ष सधै नोक्सानमै पर्छ । यदि स्टप लस, एभरेजिङ लगायतका टुलको प्रयोग गर्नेहरुले त्यति ठुलो नोक्सानी बेहोर्दैनन् तर बजारको खासै ठुलो ज्ञान नभएका र लहै लहैमा हल्लाको भरमा किन्नेहरु बजारमा सधै पेनिक हुन्छन् । बजारमा कयौ सकाइकल विताइसकेका लगानीकर्ताहरु पनि कुनै न कुनै समयमा नराम्रो सँग फस्ने भएकाले बजार निर्मम छ ।

जवसम्म २८ सयदेखि ३२ सयको विचमको सप्लाइलाई धान्ने लगानीकर्ता आउने वातावरण हुँदैन तवसम्म ४ वर्ष अगाडी फसेका लगानीकर्ता माथि उठ्ने अवस्था आउदैन । अर्को तर्फ चार वर्ष अगाडीको तुलनामा अहिले कयौ कम्पनीहरुमा शेयर सप्लाइ बढेको छ । केहि लगानीकर्ताले शेयर खरिद गरेर ति कम्पनी डगमगाउने अवस्था छैन ।

अर्को तर्फ नेपालको शेयर बजार बिगत लामो समयदेखि दोहोरो अर्थ नलाग्ने, स्पष्ट नीतिको पर्खाईमा रहेको विश्लेषक शिव चन्द्र बताउछन् । देश तथा बिदेशबाट लाखौं लगानीकर्ता आवद्ध सेयर बजारलाई राज्यले नै उपेक्षा गर्नु भनेको निन्दनिय बिषय रहेको उनको विश्लेषण छ । राज्य तहमा नीति निर्माताको भुमिकामा रहेका व्यक्तिहरुमा "हामीले नीति नियम बनाईदिनु पर्ने यिनिहरुले कमाउने !" भन्ने सोच हावी हुनु पर्ने हामीहरुको दुर्भाग्य भएको लगानीकर्ता बताउछन् । सेयर बजार भनेको अथाहा लगानीको संभावना र सृजना बोकेको क्षेत्र हो जहाँ जो कोहिले लगानी गरेर प्रतिफल कमाउन सक्छन् ।

छिमेकी मुलुक भारतमा पटक पटक सेयर बजारले उचाई चुम्दा त्यहाँका प्रधानमन्त्रीले लगानीकर्तासँग भेटेर केक काटेर उत्सव मनाउँछन् । नेपालमा भने सेयर बजारलाई अंकुश लगाउने जमात मात्र हावी छन् । बजार अलिकति के बढ्छ घटाउन नयाँ नयाँ फण्डाहरु ल्याईन्छन् ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया