Nepal Life

बजेटको ह्याङओभरबाट फर्कियो बजार, १३.५१ अंकको सुधारमा ४.३१ अर्बको कारोबार

Global Ime detail Page
  • BFIS News
  • 2024 Jun Sun 15:11
बजेटको ह्याङओभरबाट फर्कियो बजार, १३.५१ अंकको सुधारमा ४.३१ अर्बको कारोबार
Sanima Reliance

काठमाडौं । शेयर बजार बजेटको ह्याङओभरबाट फर्किएको छ । बजेटका कारण ६२ अंकले घटेको शेयर बजारमा आइतबार १३.५१ अंकको सुधार देखिएको छ । सुधार सँगै नेप्से सूचक २०८३.०४ अंक कायम भएको छ । 

NIMB

बजेटमा केहि सकारात्मक कुराहरु आउने भन्दै ठुलो अपेक्षा गरेका लगानीकर्ताले अर्थमन्त्री वर्षमान पुनले कुनै पनि नीतिगत लाभको अवसर दिएनन् । उनको अर्को रोचक पक्ष बजारलाई प्रभावित पार्ने गरि कुनै पनि दरमा परिवर्तन गरिदिएनन् । यस सँगै लगानीकर्ताले बजेटको समिक्षाका क्रममा अव बजार आफ्नै गतिमा अगाडी बढ्ने प्रतिक्रिया दिएका थिए । 

यस सँगै शेयर बजार इन्भेष्टमेन्ट, उत्पादनमुलक र म्युचुअल फण्ड बाहेक सबै सूचकमा सुधार देखियो । बाणिज्य बैंकको शेयरमा १.११ प्रतिशतले सुधार आउदा फाइनान्स हाइड्रोपावर र ट्रेडिङका शेयरधनीले आज राम्रै मूल्य बढाउन सफल भए । 

कारोबार रकम पनि ४ अर्ब ३१ करोड नाघेको छ । कारोबार रकमको सिलिङ केहि दिनयता बढ्दै गइरहेको छ । यहि हिसावले कारोबार रकममा क्रमिक सुधार हुँदै जाने हो भने बजारले अर्को नयाँ विन्दु कायम गर्ने निश्चित छ । शेयर बजार वियरिस ट्रेण्डमा झरेको ३ वर्ष वित्न थाल्यो । वियरिस साइकल लगभग अन्त्य भइसकेकाले कुनै पनि लगानीकर्ता जोखिममा छैनन् । जो जस सँग जति फण्ड छ त्यति नै फण्डबाट लगानी गरिरहेका छन् । अर्को तर्फ ट्रेडरले ठुलो ऋण नै लिएर खरिद बिक्री गर्ने भएकाले बढ्दो बजारमा कारोबार रकम पनि स्वभाविक रुपमा बढ्ने गरेको छ । 

अर्थमन्त्री वर्षमान पुनले नेपाल धितोपत्र बोर्ड मार्फत बजार सुधारका लागि सुझाव आह्वान गरेका थिए । तर उनले लगानीकर्ताको कुनै पनि सुझावलाई बजेट मार्फत संबोधन गरेनन् । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया